साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक एक्सप्रेस !

एक्सप्रेस भनेको अरु जस्तो हैन एक्सप्रेस हो काँधमै बोक्नुहोस्‌ कामकुरो केही बुझ्‌नु पर्दैन महाशय ताली चैँ मजाले ठोक्नुहोस् ॥

Nepal Telecom ad

 गायत्री लम्साल :

आहा जनताको अमूल्य मतले किनेको
नागरिक एक्सप्रेस माने, ब्रेक लाउनै नपर्ने गाडी हो
विकास पोखेर छताछुल्ल पार्ने हिउँ पर्ने खाडी हो ।
बेकामको सभ्यताको झाडी नभन्नुहोला महाशय,
यो त भूमिहिनहरुलाई बाँकी नराखि बगाउने बाढी हो ॥

गोरेटो पछि बनाउँला अहिले स्वर्ण बाटोमा कुदाउने हो
जसले किन्यो उसैका आशा,भरोसा, विश्वास उडाउने हो ।
यात्रीले बार्गेनिङ् गरेर बढी भाडा दिए त के गरौँ ?
दिएको जति मात्र होइन, अझै बढी खान सक्ने तागत छ
जे भन्छ एक्सप्रेसले त्यही गरौँ महाशय, अरु कसको के लाग्छ ?

रोजगारको कुरा काट्ने कम्पनीमा मस्तले कुरा काट्नुहोस् ।
सकेको जति निर्धक्क बढाइचढाई छाँट्नुहोस्,
एक पटक फाटेको जिन्दगी फेरि पनि फाटिरहनुस्
आफैले किनेको विकास हो शरम नमानि चाटिरहनुस् ॥
एक्सप्रेस गाडी हो ढुक्कले पाँच वर्ष नन्‌स्टप चलिरहन्छ ।

जे जे गर्छ एक्सप्रेसले सबै थोकलाई विकास मान्नुहोस्‌
रोग,भोक,दुःख, पिडाको लौरोले आफूले आफैलाई हान्नुहोस् ।
बाँकी रहेका सबै ठाउँमा त्यही एक्सप्रेस गाडीलाई छान्नुहोस्‌
एक्सप्रेस भनेको अरु जस्तो हैन एक्सप्रेस हो काँधमै बोक्नुहोस्‌
कामकुरो केही बुझ्‌नु पर्दैन महाशय ताली चैँ मजाले ठोक्नुहोस् ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x