साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आहा हेरेको हेर्‍यै !

परचक्रीको बुट, दाइ र झुट जे –जे बज्रिन्छन् मस्तले थाप्नु ॥ मात्र दुइटा आँखा छन् । रातीमा किन चिम्लनु ? हाम्रो नेपाली विकास मोडललाई झिमिक्क नगरि हेरेको हेर्‍यै गर्नु ।

Nepal Telecom ad

गायत्री लम्साल :

मात्र एउटा जिब्रो छ
के बोल्नु ?
चुपचाप–चुपचाप ।
मात्र दुइटा हात छ,
के काम गर्नु ?
मस्तले बेकाम गर्नु ॥
मात्र दुइटा कान छ
किन राम्रा कुरा सुन्नु ?
चुक्लि, खुराफाति र घमण्डलाई सुन्नु ॥।

मात्र एउटा नाक छ
सुगन्ध मात्रै किन सुँघ्नु ?
दुर्गन्ध, दुष्कर्म, दूराचारलाई सुँघ्नु ।
मात्र एउटा मुख छ
खाद्यकुरा मात्र किन खानु ?
अखाद्य लगायत फ्रिमा पाउने जति
मस्तले चपाई–चपाई खानु ॥
मात्र दुइटा खुट्टा छ
लखर–लखर कति हिड्नु ?
सोफामा थेच्चिएर,
सोसल मिडियाको कान
च्याप्प समातेर, विश्व बजारमा
बुरुक्क बुर्कुसी मार्नु ॥

मात्र एउटा टाउको छ
किन सिधा राख्नु ?
ट्वाइलेट बस्दा समेत
अरुको चियोचर्चोमा
दश दिशातिर मस्तले बङ्ग्याउनु ।
कहिल्यै केही नहुने विशाल छाती छ
डरले किन पर भाग्नु ?
परचक्रीको बुट, दाइ र झुट
जे –जे बज्रिन्छन् मस्तले थाप्नु ॥
मात्र दुइटा आँखा छन् ।
रातीमा किन चिम्लनु ?
हाम्रो नेपाली विकास मोडललाई
झिमिक्क नगरि हेरेको हेर्‍यै गर्नु ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
0
Would love your thoughts, please comment.x
()
x