फित्काैली डटकमघुम्ती कविगोष्ठी बुढानीलकण्ठ आश्रम स्कुलमा सम्पन्न
कवि ब्रह्मप्रीय प्रेमस्वरूपको संयोजनमा भएको सो कार्यक्रमका प्रमुख अतिथि आश्रमकै स्वामी गुञ्जनको रहेको थियो। कार्यक्रमको सभापतित्व घुम्तीका पूर्व अध्यक्ष रामचन्द्र दाहालले गरेका थिए।

काठमाडाैं । घुम्ती कविगोष्ठी नेपालको १६२ औँ शृङ्खला जेठ ९ गते शनिबार बूढानीलकण्ठ आश्रम स्कुल बूढानीलकण्ठमा सम्पन्न भएको छ।
कवि ब्रह्मप्रीय प्रेमस्वरूपको संयोजनमा भएको सो कार्यक्रमका प्रमुख अतिथि आश्रमकै स्वामी गुञ्जनको रहेको थियो। कार्यक्रमको सभापतित्व घुम्तीका पूर्व अध्यक्ष रामचन्द्र दाहालले गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकारहरू आरआर चौलागाईं, रामबहादुर पहारी, वेदमणि घिमिरे, डाक्टर कृष्ण गौतम “भारद्वाज मित्र”को विशिष्ट आतिथ्यता थियो। आश्रमका ६ जना बटुकबाट शान्ति स्वस्ती वाचन गरेर कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई अतिथिको रूपमा सम्बोधन गरिएको सो कार्यक्रममा गङ्गा खड्का, रामप्रसाद पुरी, महेन्द्र चालिसे, सुशील आचार्य ,आल्फी फोहेन फाक्लुप्पा, राजेशमान के.सी., सुभद्रा अधिकारी, रामकुमार पण्डित, सुभाननजन भण्डारी, घनश्याम प्रसाई, प्रमोद भण्डारी, दीपक चौलागाईं, प्रमोद नेपाल, आश्रेय गुरागाई, सुरक्षा तामाङ, वसन्त रिजाल, गोविन्दप्रसाद रिजाल, एनबी जनकपुरी, दीपक लोहनी, कृष्णप्रसाद पौडेल जस्ताघरे, गोपाल कुमार मैनाली, सुरेश चन्द्र घिमिरे, ब्रह्मप्रिय प्रेमस्वरूप, महेश पोखरेल, प्रमुना पौडेल, पुरुषोत्तम ढकाल, उर्मिला कोइराला, दामोदर गौतम, लब खड्का, एन्जल निलु र माथि उल्लेखित विशिष्ट अतिथिहरूले कविता वाचन गरेका थिए। भजन गायक कपिल भण्डारीले स्वामी चन्द्रेशले लेखेका दुईवटा भजन प्रस्तुत गरे।
साहित्यकार दीपक लोहनीले विद्यालयका तीनजना छात्रछात्राबाट कविता वाचन गरेको सुन्न पाउँदा नयाँ पिढीँले पनि कविता लेख्छन् भन्ने कुरामा विश्वास गर्न सकिने बताए। घुम्ती कवीगोष्ठीका सल्लाहकार वेदमणि घिमिरेले कार्यक्रममा समसामयिक विषयवस्तुका कविता गजल,मुक्तक आदि प्रस्तुत भएको बताउँदै सान्दर्भिक मन्तव्य राखेका थिए भने प्रमुख अतिथि स्वामी गुञ्जनले परिवर्तन भइराख्ने समाजको विषयमा लेखिएको कविताभन्दा कहिल्यै परिवर्तन नहुने ईश्वरीय तत्त्वको बारेमा साहित्य रचना गरेमा त्यो कालजयी हुने धारणा अभिव्यक्त गरे।
कार्यक्रमको अन्त्यसम्म बस्ने सहभागीहरूमध्ये एकजनालाई दिने भाग्यशाली पुरस्कार यसपटक प्रमोद नेपालले प्राप्त गरे। सो पुरस्कारको राशि रु २०० रहेको छ। घुम्ती कविगोष्ठीका सचिव रामकुमार पण्डितले सञ्चालन गरेको सो कार्यक्रमको सभापति रामचन्द्र दाहालले बिट मारेका थिए।
०००
रामकुमार पंडितकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































