साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दकी

बन्दकी राेगकाे देश भाे बन्दकी बन्दकी मात्र हाे भाेगिने जिन्दगी गर्ज जागी युवा ताेड याे बन्दकी स्वाभिमानी बनाेस् माेेड याे जिन्दगी ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

भूमि खाेला नदी ताल छन् बन्दकी
वाह्य निर्यातका माल छन् बन्दकी

मूर्ति पुज्ने तिनै बेच्नमा धूर्त छन्
बेचिए मूल्यमा छन् कतै बन्दकी

लिम्पिया लेक गुन्जी धुरा भेकका
शत्रुले भाेग्दछन् छन् रुँदै बन्दकी

साँधखम्बाहरू सारिए ढालिए
छन् बचेका अरू पारिए बन्दकी

भेष भाषा कला संस्कृति क्षेत्रका
रङ्गिएका विदेशी कि छन् बन्दकी

लालची हुन् नशा बुझ्दछन् दुष्टले
हाेलिवाईनका प्यास छन् बन्दकी

रक्त प्राणै दिई देश पुर्खा दिए
राज भाे धूर्तकाे लाज भाेे बन्दकी

बुद्धका देशकाे शान्ति बेहाल छ
दिव्य सन्देश नै भ्रान्ति भाे बन्दकी

हल्लिएमा मियाे मूर्खकाे दाँइ भाे
शिष्ट बाेल्ने थलाे दुष्टकाे बन्दकी

सभ्य संसाररमा नीति हाे बन्धन
न्याय अन्याकाे दास भाे बन्दकी

आश लाग्नेहरू देश हाँक्नेहरू
लर्बराए कतै ह्रास भाे बन्दकी

मान सम्मान नै अस्मिता राष्ट्रकाे
गुम्न जाला यही त्रास भाे बन्दकी

बन्दकी राेगकाे देश भाे बन्दकी
बन्दकी मात्र हाे भाेगिने जिन्दगी

गर्ज जागी युवा ताेड याे बन्दकी
स्वाभिमानी बनाेस् माेेड याे जिन्दगी ।

०००
२०८३/१/७। 
काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
0
Would love your thoughts, please comment.x
()
x