पुरूषाेत्तम सिग्देलबाेली
विश्व छ बान्धव विश्व चिनिन्छन् मान दिलाउँछ बाेली पुग्छ जहाँ अनि पूजित हुन्छन् ज्ञान दिलाउँछ बाेली भिन्न भए ध्वनि संस्कृति आफ्ना गर्व गराउँछ बाेली अक्षर ब्रह्म समान छ आस्था हर्ष जनाउँछ बाेली ।

पुरूषाेत्तम सिग्देल :
मानव सृष्टि विशिष्ट चिनारी वैभव मूल छ बाेली
सभ्य सुवासित शिष्ट कलाकाे उद्गम फूल छ बाेली
भाव समेटिन शब्द रचेकाे अर्पण गर्दछ बाेली
हार्दिक मानस द्वार खुलेकाे दर्पण बन्दछ बाेली
ओठ खुली मधुराक्षर मीठाे खीर दिलाउँछ बाेली
कर्कश दुर्दुर शब्द अलापे झीर बिझाँउँ छ बाेली
पूर्ण बनाउन मानवलाई भूषण बन्दछ बाेली
दुष्ट जनाउन दानवलाई दूषण बन्दछ बाेली
व्यक्त गराउन भाव उठेका साधन बन्दछ बाेली
शिष्ट अशिष्ट भलाइ बुराई मापन बन्दछ बाेली
वेदऋचा षडशास्र सँगालाे दिव्य पुराण छ बाेली
बाइबलै कि त धार्मिकगाथा गान कुरान छ बाेली
विश्व छ बान्धव विश्व चिनिन्छन् मान दिलाउँछ बाेली
पुग्छ जहाँ अनि पूजित हुन्छन् ज्ञान दिलाउँछ बाेली
भिन्न भए ध्वनि संस्कृति आफ्ना गर्व गराउँछ बाेली
अक्षर ब्रह्म समान छ आस्था हर्ष जनाउँछ बाेली ।
०००
२०८३/२/३ ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































