साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

यी प्रायोजित समाचारसित के मतलब ? यी झुट ओकल्ने अखबारसित के मतलब ? मतलब छ त मलाई केवल मेरो नेपालसित कठपुतलीझै चल्ने सरकारसित के मतलब ?

Nepal Telecom ad

रमेश समर्थन :

१.
को को आफ्ना र को को अर्का फिटिक्कै बुझ्दैनन्
को को नरम र को को चर्का फिटिक्कै बुझ्दैनन्
नेताले जनताको हितमा गाडी किने, दरबार बनाए
जनताले आफ्नै नेताका पिरमर्का फिटिक्कै बुझ्दैनन् ।

२.
अभावको कालो रात एकपल्ट त देख्नैपर्छ हामीले
धैर्य र स्वावलम्बनको इतिहास लेख्नैपर्छ हामीले
घुँडा टेक्नु हार्नु मात्र होइन, उठ्ने प्रयास पनि हो
दह्रोसित उभिन एकपल्ट त घुँडा टेक्नैपर्छ हामीले ।

३.
यी प्रायोजित समाचारसित के मतलब ?
यी झुट ओकल्ने अखबारसित के मतलब ?
मतलब छ त मलाई केवल मेरो नेपालसित
कठपुतलीझै चल्ने सरकारसित के मतलब ?

४.
उनी जे जे कुरा गर्छन् सबै ख्यालख्याल लाग्छन्
उनले उछिट्याउने थुक रेबिजयुक्त ऱ्याल लाग्छन्
उनी त हामीलाई अभिभावक र रक्षक लाग्नुपर्ने हो
तर किन सबै नेताहरू धूर्त ब्वाँसा र स्याल लाग्छन् ?

०००
रूपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x