रुद्र ज्ञवालीचार ठाेकान
भ्यागुतो कराउँदा सर्प मुख बाइसकेको हुन्छ सिनुको गन्ध गिद्धले तुरुन्त पाइसकेको हुन्छ जुन कुरा गोप्य राख्न ढाकछोप गछौं नि हामी गीत बनाएर दुनियाँले सर्वत्र गाइसकेको हुन्छ ।
रुद्र ज्ञवाली :
१.
मर्यादाको अर्थ शिर नुगाएर ढोग्नेहरूलाई सोध्नू।
जिन्दगीको जटिलता अभाव भोग्नेहरूलाई सोध्नू ।
सम्बन्धहरूको यथार्थ धरातल यदि बुझ्नु छ भने
रोजगार पत्नीका बेरोजगार लोग्नेहरूलाई सोध्नू ।
२.
के ठिक के बेठिक छुट्टयाउने मनभित्र तुलो हुन्छ।
भन्नुस, अरुलाई होच्याएर कुन मान्छे ठुलो हुन्छ ?
नबोल्नु अपशब्द आवेशमा सम्झाउनुहुन्थ्यो हजुरबा।
जसले अपशब्द बोल्छ पहिले उसकै मुख बिटुलो हुन्छ।
३.
पालेको कुकुर जत्ति वफादार को होला
आकाश र धर्तीतुल्य सदाबहार को होला
छिनछिनमा फेरिने आकृति देखेर सोच्दैछु,
बादल सरहको उम्दा कलाकार को होला ?
४.
भ्यागुतो कराउँदा सर्प मुख बाइसकेको हुन्छ
सिनुको गन्ध गिद्धले तुरुन्त पाइसकेको हुन्छ
जुन कुरा गोप्य राख्न ढाकछोप गछौं नि हामी
गीत बनाएर दुनियाँले सर्वत्र गाइसकेको हुन्छ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































