रुद्र ज्ञवालीचार ठाेक्तक
गाउँ गाउँजस्तो रहेन सहर सहरजस्तो रहेन घर घरजस्तो रहेन र डहर डहरजस्तो रहेन तडकभडक यो कृत्रिमताले यसरी मार्यो कि ओखती ओखतीजस्तो जहर, जहरजस्तो रहेन ।

रूद्र ज्ञवाली :
१.
स्वतन्त्रता भन्दैमा हदभन्दा बढी अराजक नबन्नू
आफैँ रचेका फर्जी पुराणका आफैँ बाचक नबन्नू
कसैको अनुपस्थिति कसैका लागि खुसी बन्छ भने
बा सम्झाउनुहुन्थ्यो, कसैको खुसीमा बाधक नबन्नू ।
२.
आज उप्रान्त कतै छोइने छैन र कसैलाई छुने छैन
जसरी रोए आफन्तहरू त्यसैरी म कहिल्यै रुने छैन
दुःखेसो पोख्दै मलामीसँग काँधमाथिको लासले भन्यो
तिमीहरूको अन्तिम यात्रामा मेरो उपस्थिति हुने छैन ।
३.
गाउँ गाउँजस्तो रहेन सहर सहरजस्तो रहेन
घर घरजस्तो रहेन र डहर डहरजस्तो रहेन
तडकभडक यो कृत्रिमताले यसरी मार्यो कि
ओखती ओखतीजस्तो जहर, जहरजस्तो रहेन ।
४.
साथ दिने हुर्मत लिने पनि आफ्नाहरू नै हुन्छन्
दुःखमा दुःख भै थपिने पनि आफ्नाहरू नै हुन्छन्
जस्तै भए पनि चाहिँने रहेछ आखिर आफन्त यहाँ
चितामा मुखाग्नि दिने पनि आफ्नाहरू नै हुन्छन् ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































