साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

कसको पसिना कसले लुटी खायो प्रश्न बाँकी छ नाङ्गा खुट्टातर्फ हेरेर प्रश्न सोध्दै थियो फुटपाथले श्रमजीवी वर्गमा के परिवर्तन आयो प्रश्न बाँकी छ ?

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
चुहिने भाँडाका सबै तरल पदार्थ चुहिएरै सकिन्छन्
कुहिएकाको सङ्गतमा सद्धे पनि कुहिएरै सकिन्छन्
चल्नेछ चलिरहनेछ नित्य उत्थान पतनको सिलसिला
अवैध सम्बन्धका भ्रूणहरू क्रमशः तुहिएरै सकिन्छन् ।

२.
कसले के गुमायो कसले के पायो प्रश्न बाँकी छ
कसको पसिना कसले लुटी खायो प्रश्न बाँकी छ
नाङ्गा खुट्टातर्फ हेरेर प्रश्न सोध्दै थियो फुटपाथले
श्रमजीवी वर्गमा के परिवर्तन आयो प्रश्न बाँकी छ ?

३.
अकस्मात झरिएछ भने त्यो छुट्टै कुरा हो
वाध्यतामा परिएछ भने त्यो छुट्टै कुरा हो
सङ्घर्ष जारी रहन्छ जिन्दगी नझर्दासम्म
पुक्लुक्कै मरिएछ भने त्यो छुट्टै कुरा हो ।

४.
सुखले एकछिन बस्न दिन्न सताई सताई जान्छ
कैले वल्लो कैले पल्लो तट घुमाई घुमाई जान्छ
आँसु र रोदनको दस्तावेज पो रहेछ कि जिन्दगी
आउँदा रोई रोई आउँछ जाँदा रुवाई रुवाई जान्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x