साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिस्तारै बिस्तारै

ढाेग्ने छन् गाेडिन्छन् बिस्तारै बिस्तारै भुक्ने छन् छाेडिन्छन् बिस्तारै बिस्तारै घुम्ने धर्ती जस्तै बिस्तारै बिस्तारै चुम्ने ऐश्वर्यै हाे बिस्तारै बिस्तारै ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

बैरीमा खेल्ने हाे बिस्तारै बिस्तारै
बाधा हुन् झेल्ने हाे बिस्तारै बिस्तारै
यात्रामा बढ्ने हाे काँडा हुन् बाटामा
पन्छाई हिँड्ने हाे बिस्तारै बिस्तारै

छेकाबारा नै हुन् अग्ला नाघ्नैपर्ने
फ्याँकी जम्मै बढ्ने बिस्तारै बिस्तारै
छिर्के लाग्ने गर्छन् साेझालाई ज्यादा
हाेसी हाेऊ जैले बिस्तारै बिस्तारै

मैमत्ता जागेमा भर्दिन्छन् खाल्डामा
मीठाे बाेली देऊ बिस्तारै बिस्तारै
जित्नेहाे कामैले हर्दं बाेकी निष्ठा
स्वीकार्ने उठ्नेछन् बिस्तारै बिस्तारै

भाँजाे हाल्ने हुन्छन् बैमानीका जत्था
दुत्कार्ने लुक्ने छन् बिस्तारै बिस्तारै
शैलेन्द्रै टेकिन्छन् बिस्तारै बिस्तारै
तारा नै भेटिन्छन् बिस्तारै बिस्तारै

ढाेग्ने छन् गाेडिन्छन् बिस्तारै बिस्तारै
भुक्ने छन् छाेडिन्छन् बिस्तारै बिस्तारै
घुम्ने धर्ती जस्तै बिस्तारै बिस्तारै
चुम्ने ऐश्वर्यै हाे बिस्तारै बिस्तारै

बाेक्ने कालापानी बिस्तारै बिस्तारै
झाेस्ने नालापानी बिस्तारै बिस्तारै ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x