साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फटा नीति सकियो

हो वुङ्गे हो । अचेल नेपालको एउटा फटा अन्तर्राष्ट्रिय फटा बन्यो भनेर हल्ला त गर्थे । के र'छ भनेको त कुरो अहिले पो था भो । हेर बाज्या ! त्यो नेपालका सरकारी सञ्चार माध्यमको कत्रो वेजत ।

Nepal Telecom ad

वलदेव थापा :

वाज्या ! हाम्रा लुटेराहरू आन्दोलनबाट कहिल्यै सुधेनन् होइ ?

हो बुङ्गे ! लुटेराहरू आन्दोलनबाट नसुधने, यता जनता नि आन्दोलन गरेर नथाक्ने । हेर त कस्तो मिलेको । नेपालमा ६५ वर्ष त आन्दोलन नै गरे । उपलब्धि केही छैन । तिनै लुटेराको अनुहार । तिनै लुटेराले लुटेर बसे ।

अब त्यस्तो हुँदैन होला, होइ वाज्या ?

हुँदैन वुझे हुँदैन । भेछ भने फेरि आन्दोलन गर्छन् । के फरक पर्यो र । होइन ? अनि बुङ्गे । यो आन्दोलनमा त ढेउबा जोडी बाहेक अरूलाई देखिएन त । कता ग’छन् होइ ?

काः वाज्या नि ! ह्वाँ महाभारताँ दुर्योधन पानीमुनि बसेर रणनीति बनाउँदैथ्यो । दुर्योधन लुक्या त होइन नि ! त्यसै गरी चण्डमुण्डले रणनीति बना’र बस्या थे । अबको कार्ययोजना प्रधानमन्त्री बन्ने कसरी ? दाउपेचका कुराहरू कसरी चलाउने ? उनका योजना यस्तै यस्तै थे । अहिले जलेका घरका नोटलाई खरानीवाट नोटमा कसरी परिणत गर्ने ? उनले यस्ता धेरै योजना वना’र बस्या थे। तर काँ वस्या थे, था भेन । झल्लुरामलाई त आन्दोलन‌कारीले नै अस्पताल पुऱ्याए । माखुने घर छाडेर लुक्न हिँडे । घरै बसुन् भने नोटको चाङ छैन । के वसाइ भो र ! उता यमिराम भट्टराई चाहिँ घर जलाएको ठिकै छ भन्दै सबै गतिविधि हेरेर हाँस्दैथे । लुट्या धनले वना’को घर, छु मतलब । आन्दोलनमा लुटेराहरूको अवस्था यस्तै थ्यो । हेर बाज्या ! ती उखाने नि गायव थे। उनी त अरिंगाललाई चारा हालेको काम लागेन भन्दै इतिहास रचेर वस्या थे । गए जान्छ एउटा सुनको हात्ती । घरमा नोट राख्या छैन भनेर ढुक्क थे ।

हेर बुङ्गे । ती उखाने त फट्याइँ नि खुब जान्ने हुन् । फट्याइँ नै धेरै रचेर बसे होलान् ।

उनको फट्याइँको त कुरै नगरौं वाज्या । ट्वाँ चीन गा’ बेला चीनका राष्ट्रपतिलाई नेपालको लिपुलेक र कालापानीबाट बाटो खोल्यामा ग्रेट अब्जेक्सन छ भने भनेर नेपालभरि हल्ला चल्यो । यांका सरकारी सञ्चार माध्यम सबैले तीन दिनसम्म प्रचार-प्रसार गरे । आखिर बुझ्दै जाँदा त काँ हुनु ! ह्वैन र’छ । भनेकै ह्वैन भन्ने पत्ता लाग्यो । नेपालाँ त यस्ता फट्याइँ कति गरे-गरे, चीनाँ गा’ बेला नि फट्याइँ गरेर अन्तर्राष्ट्रिय फटा बने । यस्तो छ उनको मति ।

हो वुङ्गे हो । अचेल नेपालको एउटा फटा अन्तर्राष्ट्रिय फटा बन्यो भनेर हल्ला त गर्थे । के र’छ भनेको त कुरो अहिले पो था भो ।

हेर बाज्या ! त्यो नेपालका सरकारी सञ्चार माध्यमको कत्रो वेजत ।

हुन्देऊ वुङ्गे ! अब लुटेरा, फुटेरा, फटाको दिन गएजस्तो छ । अब उनका जेल जाने नयाँ दिनको सुरुवाती सङ्केत देखिन थाल्या छन् । योभन्दा उनको शुभ सङ्केत के नै रह्यो र ! कि कसो ?

०००
मतिपुराण (२०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x