साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजदुर

डाेजरले उक्काइरहेका थाेत्रा टिनकाे आवाज उधिनेर राेइरहेका छाेराछाेरीकाे आवाजसंगै मिसाएर बुझिरहेछ जिन्दगी एउटा मजदुर ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

याे सालकाे नयाँ बर्षअलिकति
लालपुर्जा सपनाको कन्तुरमा पाेकाेपारेर
आँधीले उडाएकाे जस्तापाताकाे छाना खाेज्नगएकाे
साईंलीकाे लाेग्ने फर्केन
कलिला छाेराछाेरीहरु
उदाङ्गाे ढाेकाबाट पर परसम्म
पुग्ने आबाजमा बा बाेलाइरहेछन्
निमुखा नानीहरुकाे सपना
कालाे गब्बरकाे घाेडाले कुल्चेर भाग्याे ।

विहानै थाेत्रे रेडियोमा कटुवालकाे स्वर बज्छ
धन्दा नमान तिमी
बनिनका लागि भत्किएका हाै
पराइकाे युरियामा भ्रमकाे खेती सप्रँदैेछ
महामहिमका सन्तान उनकै काखमा
आलिसान सुताइ बाँचीरहेकाे बेला
भत्किएकाे खण्डहरमा
एउटा सुत्केरी बच्चा विद्राेहकाे राेदन पाेख्दैछ
सरकारका प्याधाहरुकाे सीमाहीन अश्लिलता खप्न नसकेर एउटा कवि
क्लिष्टताकाे बर्काे ओढेर ब्युँझदैछ
जीवनकाे धूलाे चाटेर हुर्किरहेकाे बर्तमान ।

ब्यस्त अस्पतालकाे चिल्लाे भूईंमा
पाेचा लगाइरहेकाे बेला
भित्री वार्डकाे भित्ताे चिरेर
फिनेलकाे गन्धमा पछारिन आइपुग्छ
केटाकेटी आवाज
केही किलोमिटर पर
डाेजरले उक्काइरहेका थाेत्रा टिनकाे आवाज उधिनेर
राेइरहेका छाेराछाेरीकाे आवाजसंगै मिसाएर
बुझिरहेछ जिन्दगी
एउटा मजदुर ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x