साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अदक्ष अध्यक्ष

माेलेर माडेर धूलाे बनाएर धूवाँभित्र फुकिरहेकाे हुन्छ र मध्यरातमा एउटा पदावली फ्याँकेर जिस्क्याउँछ अदक्ष अध्यक्ष ज्यू ! देश र जनताकाे लागि .....।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

दिनभरी ऊ मलाई आफ्नु अध्यक्ष मान्छ
रात परेपछि सुर्ती सल्काउँने अगुल्टोले हान्छ
उसले मलाई के ठान्छ के ठान्छ ?
समस्या जति मलाई सल्काउँछ र आफू कुनातिर जान्छ ।

मैले उसलाई किन ताने ?
उसको ढाडमाथि चड्छु भन्ने ठाने
तर ऊ मापाकाे रैछ, मेराे कुटनीति था’ पाकाे रैछ
म सङ्ग्ल्याउन खाेज्छु
ऊ पानी धमिलो पारिरहन्छ
मेरो कुरा मानेजस्ताे गर्छ
आफ्नु अभिष्टकाेे माछा मारिरहन्छ
अगाडिबाट मान्छे घटाए जस्ताे गर्छ
पछाडिबाट चढाइरहन्छ
म उठाउँदै गर्छु समाधानलाई
ऊ समस्या लडाइरहन्छ ।

मेराे सङ्कल्पका आवाज घाेचा तेर्स्याएर
मान्छेहरु मलाई बाटाे छेकिरहन्छन्
मैले ओछ्याएका आश्वासन गलैचाहरु
मान्छेहरु उपहासकाे जुत्ताले टेकिरहन्छन्
तर ऊ याे सब खुसी भएर हेरिरहन्छ
मेरो मान्यताकाे साइनबोर्डमा
ऊ लज्जास्पद अक्षरहरु केरिरहन्छ
ऊ मेराे विवसताकाे फाइदा उठाएर बाँचिरहन्छ
ऊ मेराे टाउकोमाथि नसालु नाच नाचिरहन्छ ।

सबै ठान्छन् ऊ मेराे मेलमिलापमा हाे
वास्तवमा ऊ मेराे खिलापमा हाे
हरेक दिन
ऊ मेराे मगजलाई चउर, गाेठाला र सम्म फाँट बनाउँछ
हमेसा उद्दण्ड राँगा चराउँछ
थाम्न नसकेर मेराे मगज आँखाबाट निस्कन्छ
र पाेखिन्छ सडकभरी
पानीकाे बाेतल बाेकेका केटाहरु
मेराे पाेखिएकाे मगज पखाल्दैछन् ।

बेलाबेला ऊ हराइरहन्छ
बेलाबेला खाेज्न निस्कन्छु उसलाई
ऊ भने कुनै अपरिचित कुनामा
मेरा आकाँक्षाहरु चिमाेटेर
माेलेर माडेर धूलाे बनाएर
धूवाँभित्र फुकlरहेकाे हुन्छ
र मध्यरातमा एउटा पदावली फ्याँकेर जिस्क्याउँछ
अदक्ष अध्यक्ष ज्यू ! देश र जनताकाे लागि …..।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x