फित्काैली डटकममोतीराम भट्टको १ सय ६१औँ जयन्तीका अवसरमा विशेष कविगोष्ठी
मोतीराम भट्टकाे तस्बिरमा प्रमुख अतिथ कोशराज न्यौपानेले माल्यार्पण गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
काठमाडाैं । कुलेश्वर आवाश परिवार कल्याण संस्थाले युवाकवि मोतीराम भट्टको १ सय ६१औँ जयन्तीका अवसरमा विशेष कविगोष्ठी र परिचर्चा कार्यक्रम सम्पन्न गरेकाे छ ।
संस्थाका अध्यक्ष राजु दहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोषराज न्यौपानेले नेपाली साहित्यको इतिहासमा कम उमेरमा धेरै योगदान दिएको, आदिकवि भानुभक्तलाई प्रकाशमा ल्याउनुदेखि धेरै काम गरेको चर्चा गर्नु भयो।
संस्था अन्तरगत साहित्य कला समाज, जेष्ठ नागरिक मिलन केन्द्र र महिला समुहको संयुक्त आयोजनामा भएको कार्यक्रमको उदेश्यबारेमा प्रकाश पार्दै संयोजक नीलहरी सुबेदीले स्वागत र उद्घोषण सचिव कुशेस्वर जोशीले गर्नुभएको थियो।
मोतीराम भट्टकाे तस्बिरमा प्रमुख अतिथ कोशराज न्यौपानेले माल्यार्पण गरि उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा मोतीराम सम्बन्धी र हालैको रसुवा भोटेकोसीमा हिमपहिरो र बाढीले गरेको ठूलो धनजनको क्षतिको पीडामा केन्द्रित कविताहरूसमेत बाचन गरिएको थियो।
कविता बाचन गर्ने कविहरु- राम बिनय, हरिप्रसाद खतिवडा, तुलसा दाहाल, भिष्मराज ढुङ्गेल, शारदा तिवारी थिए।
वाचित कवितामा समीक्षा तथा मोतीराम भट्ट समेतको बारेमा चर्चा विशेष अतिथि एवम् साहित्य सदन रामहिटीका चचिव प्रह्लाद पोखरेलले गर्नुभएको थियो।
अतिथि प्राडा मोहन तिमेल्सेनाले पनि मोतीराम भट्टको बारेमा सटिक धारणा राख्नु भयो । कार्यक्रममा जेष्ठ नागरिक समाजका संयोजक लोकनाथ पोखरेल, सल्लाहकार पन्चकुमारी मानन्धर, योगप्रशिक्षक विद्यालक्ष्मी श्रेष्ठ, सचिव त्रिलोचन जोशी, सल्लाहकार नवीनबहादुर श्रेष्ठ लगायत उल्लेख्य संख्यामा महिला, ज्येष्ठ नागरिकहरुको र अन्य सहभागीहरुको उपस्थिति थियो।
कार्यक्रममा अतिथिहरु र कविहरुलाई खादा तथा मायाको चिन्ह प्रदान गरिएको थियो। संस्थाको नियमित कार्यक्रम बारेमा र मोतीराम भट्ट जस्तै अन्य कार्यक्रमहरु पछि सञ्चालन हुने बारेमा जानकारी गराउंदै सम्पूर्णमा धन्यवाद ज्ञापन गरेर अध्यक्ष राजु दहालले समापनको घोषणा गर्नु भयो।
०००
Subscribe
Login
0 Comments
Oldest




































