राजेन्द्र तारकिणी‘नेतारोग’ लागेको मान्छे !
भो, नआइदेऊ नेतारोग लागेको मान्छे नबाँड ती ओभाना सपनाहरू, यहाँ नानीहरू सपनामै उठेर छाँद्छन् सपनाहरू ।
राजेन्द्र तारकिणी :
म टेकेको धरती बहुलाएपछि
मैले तोरीका फूलहरू देखेँ
‘नेतारोग’ लागेको मान्छे !
सम्झ–
त्यसबेला पनि तिमी सपना बाँडेर फर्केका थियौ !
भेलको तन्नामै बसेर मैले
यस सालको बर्खा कटाएँ
तुसारोको पलङमै सुतेर मैले
गत सालको हिउँद कटाएँ
भो, नआइदेऊ नेतारोग लागेको मान्छे
नबाँड ती ओभाना सपनाहरू,
यहाँ
नानीहरू सपनामै उठेर छाँद्छन् सपनाहरू
गाह्रो हुन्छ गाह्रो
भेल र तुषारोभन्दा असैह्य हुन्छ
नानीहरूको चित्कार/रुवाइ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































