साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लामबद्ध देश

चुनाव आउँदा भोटको लाम अड्डा अदालततिर दलालको लाम अस्पतालमा बिरामीको लाम उता घाटमा पनि लासहरूको लाम ।

Nepal Telecom ad

राजेन्द्र तारकिणी :

देश हेर्‍यो,
कतै नुनको लाइनमा
कतै चिनीको लाइनमा
कतै चामलको लाइनमा ।

दशैँ आयो,
कतै टिकटको लाइनमा
कतै नयाँ नोटको लाइनमा
कतै खसीबोकाको लाइनमा ।

दशैँ गयो,
कतै पासपोर्टको लाइनमा
कतै लोकसेवाको लाइनमा
कतै विमानस्थलको लाइनमा ।

चुनाव आउँदा भोटको लाम
अड्डा अदालततिर दलालको लाम
अस्पतालमा बिरामीको लाम
उता घाटमा पनि लासहरूको लाम ।

आखिर देश त लामबद्ध छ
जतिखेर पनि, जता पनि यो
देश नबन्ने लाइनमा छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x