सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लामबद्ध देश

चुनाव आउँदा भोटको लाम अड्डा अदालततिर दलालको लाम अस्पतालमा बिरामीको लाम उता घाटमा पनि लासहरूको लाम ।

Nepal Telecom ad

राजेन्द्र तारकिणी :

देश हेर्‍यो,
कतै नुनको लाइनमा
कतै चिनीको लाइनमा
कतै चामलको लाइनमा ।

दशैँ आयो,
कतै टिकटको लाइनमा
कतै नयाँ नोटको लाइनमा
कतै खसीबोकाको लाइनमा ।

दशैँ गयो,
कतै पासपोर्टको लाइनमा
कतै लोकसेवाको लाइनमा
कतै विमानस्थलको लाइनमा ।

चुनाव आउँदा भोटको लाम
अड्डा अदालततिर दलालको लाम
अस्पतालमा बिरामीको लाम
उता घाटमा पनि लासहरूको लाम ।

आखिर देश त लामबद्ध छ
जतिखेर पनि, जता पनि यो
देश नबन्ने लाइनमा छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’