साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वातावरण नै बिग्रिएपछि, कसको के लाग्छ ?

कहाँ पेडा कहाँ आलु । आलु खन्चुवाहरू आफूले आलु खाएकाले अरूले पनि आलु नै खाँदै वस्दा हुन् भन्ठान्छन् । हुन त आफू जस्तै सवैलाई देख्नु कुनै नौलो कुरो त होइन ।

Nepal Telecom ad

अशाेककुमार शिवा :

आलु खाएर पेडाको धाक लगाउने चलन नयाँ होइन । उहिले पुर्खाको पालादेखि नै आलु खानेहरूले धाकचाहिँ पेडाको लगाउने गरेकाले गर्दा उखानटुक्काकै रूपमा यो उक्ति रहन गएको होला, नत्र यो उक्ति यसरी जनबोलीका रूपमा कसरी रहँदो होला र । त्यस ताकाका मान्छेहरू साँच्चै आलु खाएको भन्न अप्ठेरो मान्थे रे। कारण आलु यति सस्तो थियो रे कि भातकै साटो आलु, खाजा आलु, तरकारी पनि आलु नै खाने गर्थे रे । त्यसैले आलु खाए पनि धाकचाहिँ पेडाको लगाउँथे रे। हिजोआजका आलु खन्चुवाहरूले आफूले खाएको तथा भविष्यमा समेत खाने आलुको भाउ सस्तो भएको भनेर भविष्यमा आलु खाएर आलुकै धाक लगाउनलाई हो कि किन हो आलुको भाउ ह्वात्त वढाएर आकाशमा पुऱ्याएका छन् ताकि पेडा खाएकोलाई पनि आलुको धमास दिन सकियोस् । अव पर्यो फसाद ! उखान नै परिवर्तन गर्नुपर्ने पो हो कि जस्तो भो । तर किमार्थ उखान परिवर्तन हुँदैन । नेपाली उखानलाई यसरी जथाभावी विगार्न कहाँ पाइन्छ ?

भन्ने नै हो भने आलु जति सर्वमिलनकारी पेडा कहाँ हुन्छ ! आलुलाई जेसँग जसरी मिसाए पनि सहजै मिल्छ, पेडा मिल्छ यसरी ? त्यै भएर आलु खन्चुवारूले यसको भाउमा ताउ लगाएका हुन् । आलु खाएर पेडाको धाक किन दिएको भन्लान् भनेर आलुकै भाउ बढाएपछि भन्नेहरूको मुखमा बुझो लाग्ने नै भो। कसैले ए तैंले त आलु पो खाएको रे नि त भन्दियो भने आलु खन्चुवाहरूको डिग्रीको पारो चढिहाल्छ । फेरि अहिले त आलुको सङ्गठन नै खोलिएको छ रे। अव त आलुलाई सोझै आलु भन्न पनि हिचकिचाउनुपर्ने भएको छ । मलाई आलु भन्ने तँ को हो ? भन्ला भन्ने पीर । पेडाचाहिँ पो वरु आलुजस्तो भएको छ । हामी नेपालीलाई यहाँको भौगोलिक वातावरणले नै आलु खन्चुवा बनाइदिएको हो । जताततै आलुबाहेक केही फल्दैन । फेरि पनि आलुकै भाउ

महँगो । सर्वसाधारणहरू आलुको तरकारी खान नसकेर फसादमा परेका छन् । आलु सस्तो हुँदा जेमा पनि आलु मिसाएर च्याट्ट परेको मीठो तरकारी खाने बानी परेकाहरू अहिले त आलु नै खान छोड्न वाध्य भएका छन् । आलु जति सबै सङ्गठित नेता भएका छन् अरूले कहाँ पाउने । आलुलाई लागेको हुनुपर्छ पेडा पनि आलुकै मात्र बन्ने भए हुन्थ्यो भन्ने तर पेडा हुन आलुले नचिताए पनि हुन्छ। कहाँ पेडा कहाँ आलु । आलु खन्चुवाहरू आफूले आलु खाएकाले अरूले पनि आलु नै खाँदै वस्दा हुन् भन्ठान्छन् । हुन त आफू जस्तै सवैलाई देख्नु कुनै नौलो कुरो त होइन ।

वास्तवमा आलु ठूलो कि पेडा ? भनेर प्रश्न गर्दा अव त आलु नै ठूलो हो भन्नेहरूको जमात धेर होला जस्तो छ । हुन त वातावरण परिवर्तनले दुनियाँमा ठूलो हलचल ल्याएको छ, स्याउ फल्ने ठाउँमा सुन्तला पनि फल्न थाल्यो रे भन्ने सुनिन्छ । अनि कता हो कहिल्यै वदाम नफल्ने ठाउँमा बदाम फल्न थाल्यो रे । हिउँ पर्ने वेलामा हिउँ नपरी दर्के झरी परेर वाढी-पहिरो चल्ने, दिउँसो टन्टलापुर घाम लाग्या वेलामा खोलामा बाढी आउने गरी वातावरण परिवर्तन भएको छ । वातावरण नै विग्रिएपछि कसको के लाग्छ? अनि पेडाको ठाउँ आलुले किन नलियोस् । यो सव वातावरणीय असरको काम हो ।

०००
गल्काेपाखा, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x