साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँध धेरै थाकिसक्यो

उम् सही सोंच पलायो है यो मुर्खको बुद्धिमा जस्तो लाग्यो । अब भारी बोकाउने ठेकेदारहरू हो सुन …. म तिमीहरूको ढाकर काधबाट बिसाउँदैछु ।

Nepal Telecom ad

अशोककुमार शिवा :

आज एकाबिहानै काँध असाध्यै दुख्यो । ओछ्यानबाट उठ्न नसकुला झै भयो । जसोतसो उठेर यसो तंग्रिए फेरी पनि दुखाई त थियो नै, सोचेको थिए सपनामा दुखेको भान भयो होला तर होइन रहेछ विपनामा नै पनि असाध्यै पीडा महसुस हुँदैथियो । चिउँडोमा हात लगाएर एकछिन घोत्लिए ।

कुरा त गम्भीर पो रहेछ । २०३४/३५ साल तिरबाटै बोकेको सपनाको भारी त अझै पो बोकिरहेकै रहेछु । झसङ्ग भए भारी बोकेको करिब ४८ वर्ष भएछ । भारीमा कहिले के थपियो कहिले के झिकियो, कहिले गरूङ्गो भयो कहिले केही हलुङ्गो पनि भयो त्यो आफ्नो ठाउँमा छ तर मैले भारी बोकेर के फेला पारेँ ? खोज्छु केही भेट्दिन त । अब कता खोज्न जाउँ ? बिगत सुरुवाती दिन सम्झेँ । कति सपना बुनेको थिएँ । सपनामा बुनेको जाली रुमालमा केही पोको पार्न नपाउँदै रुमाल त फाटी सकेछ । दुखाईले सम्झायो त्यो बेकार थियो ।

कतिपयले आफूले पनि भारी बोकेको भान पार्दै ठाउँकुठाउँ बिसाउँदै भारीमा भएका राम्रा र गतिला कुराहरू अनैतिक रुपले बाँड्दै हिँडेर ठुलो सामाजिक कार्य गरेको ढोंग गरेकै कारण ७ पुस्तालाई जोहो गरे । घरवार बनाए, दरवार बनाए अनि अनेकन उखानहरू सुनाएर रणभुल्लमा पारेर आफू फिलिली फिल्किए । जति जति संझ्यो उति उति मेरो काधको दुखाई त झनझन पो बढ्यो ।अब मैले कुरा बुझेँ यो अनावश्यकको भारी मैले मेरो काँधबाट उतार्नै पर्छ । आजैबाट म स्वतन्त्र भएर आफ्नै जिम्मेवारीको भारी मात्रै बोकेर हिँड्नु पर्छ ।

निर्णय त गरेँ तर मेरो ६२ वर्षे उमेरमा ४८ वर्ष अरुको भारी बोकेर बिताए अब के बोक्न सकुला आफ्नो भारी? मेरा खेर गएका उमेर अब फिर्ता होला त ? हुँदैन त्यो कोरा कल्पना गर्नु बेकारको कुरा र असंभव कुरा हो । तब, अब के गर्ने त ? केही नसोचि भएको भारी फाल्ने र थकाई मेट्न केहीबेर सुस्ताउने । उम् सही सोंच पलायो है यो मुर्खको बुद्धिमा जस्तो लाग्यो । अब भारी बोकाउने ठेकेदारहरू हो सुन …. म तिमीहरूको ढाकर काधबाट बिसाउँदैछु । अरु कुनै माध्यमले मेरो कुरा बुझेनौ भने यसै वृतान्तलाई विषयान्तर नगरी मनन् गर ।

चुईंचुँती ढाकरको आवाज आउन्जेल बोकेको भारीको आवाज सुन्न बाहेक अरु केही सुनिएको होइन । उस्ले बोकेको भारी दिल्ली लगेर बिसायो रे, उस्ले बोकेको भारी बेईजिङ पुर्याएर बिसायो रे । अर्कोले बोकेको भारी वासिंगटन पुर्यायो रे । चोरै चोरलाई गतिलो भारी जिम्मा लगाएर कुडाकर्कटको भारी हाम्रो काँधमा बोकाए । न टोक्नु न बोक्नु । नेवारी सस्कृतिमा ८४ वर्ष पुगेपछि जंको (रथारोहण) गर्ने प्रचलन छ । अब ८४ मा जंको गरेर रथारोहण गरौला नगरौला । संस्कृतिले देला नदेला लक्ष राख्ने हो हेरौँ जे होला ।

अन्तमा म घोषणा के गर्छु भने आजका दिनबाट कसैले त्यो भारीमा मेरो यस्तो थियो मेरो उस्तो थियो भनेर सोधखोज गर्ने होइन । साथै नयाँ भारीको डिजाइन गरेर अनेक बहाना बनाएर बोकाउने होइन । तिमीहरू जति नै कोशिस गर म मरे पनि तिम्रो भारी बोक्दिन ल जा ।

०००
गल्कोपाखा, काठमाण्डौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
कमाउने धन्दा

कमाउने धन्दा

अशोककुमार शिवा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x