साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीको ढोका

म बुज्रुक हुँ भनेर अरुलाई अर्तिबुद्धि दिन थालियो भने आफैले उल्टो परिणाम भोग्नुपर्ने हुन्छ । आफूलाई भन्दा धेरै माया गरिएको व्यक्तिलाई नै किन नहोस सहि कुराकै लागि सम्झाउँदा पनि दोष पाइने समयहरू पनि हुन्छन् ।

Nepal Telecom ad

अशोककुमार शिवा :

त्रेतायुग, सत्ययुग र द्वापरयुग कस्तो थियो होला ? कलिमा जन्म लिइयो, कलिकै समक्ष चरित विचरित चर्तिकलाहरूको समिपमा हुर्किएर अबत बुढ्यौलीमा पो पदार्पण गरिएछ ।

यो बुढ्यौलीको सुरुवात संगै जीवनको एक नयाँ चरणमा पदार्पण गर्न थालियो । बुढ्यौली भन्ने बित्तिकै कता कता मनमा निरासपनले डेरा जमाउन खोज्दछ । तर अनावश्यक निरासाको बादल मडारिन दिनु भनेको आफ्नो जीवन जिउने बाटोहरूलाई कठिन बनाउनु सरह हुन्छ । त्यसैले यस्तो सोंचलाई बिसर्जन गरेर एक नयाँ जोस र जाँगरलाई उजागर गर्नुपर्छ । बिगतमा भएगरेका कामहरूको समीक्षा र समीक्षाबाट निस्कने निष्कर्षबाट अगाडि हिँड्ने बाटोको निर्धारण गर्नु चाहिँ बुढ्यौली जिउने एक सरल बाटो हुन सक्दछ ।

साँच्चिनै त्यो बचपनको समय अधिक माया बटुलेका दिनहरू सम्झिॅदा कता कता त्यो दिनहरू फेरि फर्किए हुन्थ्यो भन्नो लाग्छ तर असम्भव कुराहरूको कल्पना केवल कोरा कल्पना मात्रै त हो । अनि युवावस्थाका ती रंगिन दिनहरू वा कति रमाइला थिए सप्तरंगी ईन्द्रेणी झै । केही बॅुद पानीका छिटामा उत्पन्न हुने ईन्द्रेणी कति सुन्दर हुन्छ । फेरी ईन्द्रेणी किन धनुषी बनेर रहेको हुन्छ ? यो आकार साँच्चै नै मनमोहक हुनेगर्छ । सिजनमा फलेको स्याउका दाना झै राता राता गाला, अनि स्याउकै बोट जस्तो लरक्क परेको जवानी ।

वैवाहिक जीवनसँगै दायित्वमा थपिएको बोझ र कर्मकठिन बाटोहरूको निर्माणमा खर्चिएको समयसँगै परिपक्वताले डेरा जमाएको जीवन । बच्चाहरूको लालनपालन स्याहारसुसार अनि शिक्षितिकरण गराउने काम अझ कठिन हुने हुँदा जीवनको यो चरण धेरै कठिन हुँदोरहेछ । बिगतका ती सप्तरंगी समय कास फेरि मिलोस् तर सार्थक हुन नसक्ने कुराको पछि लागेर समय व्यतित गर्नुभन्दा निकट बिगतलाई राम्ररी पुनरमूल्याङ्कन गरेर आउँदो समयलाई सरल बनाउनेतिर तत्परता देखाउनु नै आजको आवश्यकता हो र हामी जो जो यो अवस्थामा पुगेका छौँ सबैले यस्लाई मार्गनिर्देशन बनाउँ ।

जुनसुकै कुराहरू पनि समयले आफै सिकाउँदै लैजान्छ । समयले सिकाएको कुरालाई मनन् गर्न सकिएन भने बिपरित हुन जान्छ र दुःख पाइन्छ । म बुज्रुक हुँ भनेर अरुलाई अर्तिबुद्धि दिन थालियो भने आफैले उल्टो परिणाम भोग्नुपर्ने हुन्छ । आफूलाई भन्दा धेरै माया गरिएको व्यक्तिलाई नै किन नहोस सहि कुराकै लागि सम्झाउँदा पनि दोष पाइने समयहरू पनि हुन्छन् । हतारमा काम गरेर फुर्सदमा पछुताउनु भन्दा बिस्तारै सोचेर काम गरेर दिगो परिणाम निकाल्नु चाहि श्रेयस्कर हुन्छ ।

अन्तमा म के भन्छु भने बुढ्यौलीलाई जसरी हुन्छ सहज बनाऔं । राम्रा कुराहरूको पन्तुरो बोकेर सरल रुपमा बाणप्रस्थान गर्ने बाटो बनाऔं । यो नै बुढ्यौली जिउने उत्तम उपाय हुन सक्छ ।

०००
गल्कोपाखा, काठमाण्डौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
कमाउने धन्दा

कमाउने धन्दा

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x