साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कामरेडकाे कुकुर

हेर्याे लालेले आज पनि थालीभरि मकैकाे च्याँख्ला र आरीभरि मुलाकाे गुन्द्रुकपानीमा, टल्कियाे उसकै अनुहार, गह्रुङ्गाे हातले गाँस उठायाे, सम्झँदै नेता कामरेडकाे कुक्कुर ।

Nepal Telecom ad

डा.भीम खतिवडा :

हत्तेरिका आज त साइतै खत्तम,
बुधेसँग ढलाइमा जानुपर्ने,
कमाइ हुने हुनाले
शनिबार नै त हाे मेराे भन्सार,
अलच्छिनी झरी पनि
हाम्रै पेटमा लात्ती हान्छ,
फत्फतायाे लाले एकाबिहानै,
जब कुमारले आजकाे ढलाइ
पानीले राेकिएकाे तीताे खबर सुनायाे,
किताबकाे थाेत्राे झाेला कुनातिर मिल्काएर,
ऊ शनिबारकाे सानले सुत्याे,
पेट कराउन थालेपछि
बाटामा निस्केर पाइला गन्न थाल्याे,
“ए लाले! तँ आज घरमै छस् ?”
हजुर !
नेताकाे प्रश्नसँगै उत्तर जुधायाे
र
हेर्याे तिनका हातमा मासुकाे झाेला रहेछ,
“लगिदे न है, म एकछिन मिटिङमा जानू छ”
लाले माैन फर्कियाे झाेला बाेकेर,
हजुर! वहाँले पठाउनुभा छ याे
उसकाे आवाजसँगै पाउजु करायाे
ए, लाले तँ पाे,
कमरेडकाे घरभन्नु मात्रै,
उसका लागि त याे नयाँ सिँहदरबार पाे त,
एकछिन बस् है त,
भित्रबाट निस्केर ५० काे नाेट थमाईन्,
मसला ल्याइदे न ल
हेर्न भ्याइनँ पटक्कै,
लाले मसला लिएर फर्किँदासम्म,
बाफिएकाे मासु आरीभरि पस्किएर
मालिक्नी निस्किन् बाहिर,
लाले! याे ऊ उलाई राखिदे न है,
नभ्याउने रहेँछु मैले त
सबै कता लागे कुन्नि !
अारीकाे मग्मगाउँदाे मासुमा
अलिअलि मसला पनि छरिछन् अघि नै,
उठाएर उता गयाे
अलमलमा परेर सायद हेरिरह्याे,
“ए, लाले! के भाे? देन दे उसैलाई”
बल्ल बुझेछ सायद,
आरी लगेर राखिदियाे
नेताकाे भर्खरै विदेशबाट झिकाइएकाे, एमानकाे कुकुरले,
लालेप्रति आभारी भएजसरी
पुलुक्क हेर्याे उसलाई अनि मासुलाई,
घुटुक्क थुक निलेर मुन्टाे फर्कायाे उसले
“आमा! भाेक लाग्याे”
ए, लु आइज बा आइज,
सेलाइसक्याे नि !
कता गइस् यतिका बेर ?
बाटातिर थिएँ,
भाेलि फेरि स्कुल जानु छ
“पाैष्टिक खाना”काे निबन्ध लिएर
कहिल्यै नदेखेकाे पैसाकाे हिसाब र
सुखशान्तिका पाठहरू पढ्नलाई,
उसका गन्हाएका कपडाले बिग्रिएका
साथीभाइका नाक र मुहार आँखाभरि आए,
हेर्याे लालेले आज पनि
थालीभरि मकैकाे च्याँख्ला र
आरीभरि मुलाकाे गुन्द्रुकपानीमा,
टल्कियाे उसकै अनुहार,
गह्रुङ्गाे हातले गाँस उठायाे,
सम्झँदै नेता कामरेडकाे कुक्कुर ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
नगेन्द्र भट्टराई
नगेन्द्र भट्टराई
1 year ago

धेरै राम्रो

Nepal Telecom ad
सञ्जाल

सञ्जाल

डा. भीम खतिवडा
गाउँ–बस्ती उवाच

गाउँ–बस्ती उवाच

डा. भीम खतिवडा
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
1
0
Would love your thoughts, please comment.x
()
x