साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्राफिक जाम

ट्राफिक लाइट बिग्रेको अभिनय गर्छन् र, चोर बाटोतिर बढ्न ईशारा गर्छन् पाहुर, पुहुन्की र कोसेली बोकेकाहरूलाई देशलाई गन्तव्यमा पुर्याउँन खोज्नेहरूलाई सधैं फसाइएको छ ट्राफिक जाममा ।

Nepal Telecom ad

डा. दामोदर पुडासैनी किशोर :

ट्राफिक जाम- १
युद्ध मैदान,
चढदो उमेरको जिन्दगी
र , ट्राफिक जाम
सबैलाई घेरिरहेछन् उल्झनहरूले

मलाई पुग्नु छ धेरै टाढा
बालेर आशाको ल्याम्पपोष्ट
ध्यानमग्न कुरिरहेछु
सधैँ एउटा ग्रीन सिग्नलको खोजीमा छ जिन्दगी

ट्राफिक जाम- २
मन बुझ्ने एउटा मान्छेको खोजीमा थिएँ म
मलाई घेरिरहेथे अनेकौँ धावकहरूले
जब तिमीले अरूतिर बालिदियौ रेड सिग्नल
र ,सुटुक्क दियौ मलाई ग्रिन सिग्नल
म सबैतिर आँखा बन्द गरेर
हुत्तिएको थिएँ तिमीतिर

तिमीसँग केहीबेर माया साटेपछि
समातेको छु मैले अर्कै दुर गन्तव्य

ट्राफिक जाम- ३
हामीले
बेलैमा बनाउँनु थियो फराक र नयाँबाटो
पुग्नुथियो नवीन उचाईमा
छोडनुथियो शदियौँदेखि अल्झाइरहेका
जात, धर्म, रङ्ग र लिङ्गका कुरूप उबडखाबडहरू

हामी अल्झिरह्यौँ
मानवता बिरूध्दको बोटलनेक ट्राफिक जाममा
अहिले पनि
धेरै पर पुगेको यानको तस्वीर खिचेर
फ़ेसबुकमा पौष्ट्याउँदै रमाइरहेछौँ

ट्राफिक जाम- ४
संसारमा
स्वतन्त्र जन्मेको थिएँ
स्वतन्त्रनै हिँडिरहन्छु सोचेको थिएँ
चारैतिरबाट तिमीहरू आयौ
र, फसायौ ट्राफिक जाममा

‘तिमीहरू सबै हुनु
तर ट्राफिक जाम नहुनु’
ट्राफिक जाम बिरूध्द नयाँ बाटो खोजिरहेछु

ट्राफिक जाम- ५
भेट्नुपर्ने धेरै छन्
जानुपर्ने धेरै छन्
रातो बत्तिले रोकेको छ मलाई
झन् झन् रातो भइरहेछ अनुहार

जान चाहनेहरूकै भीडले
रोकिरहेछ
जान चाहनेहरूलाई

ट्राफिक जाम- ६
सडकको बीचमा बेसाहारा फसेको छु
यहाँ फस्नु पहिले
कयौँ घण्टा रोकिएथेँ बजारमा
कयौँ घन्टा रोकिएथेँ अड्डा अदालतमा
कयौँ घन्टा रोकिएथेँ स्कुल कलेजमा
कयौँ घन्टा रोकिएथेँ जागिर ब्यापारमा
कयौँ घन्टा रोकिएथेँ पूजा पाठ बिहे र पास्नीमा

पुग्नुथियो
खेत खलिहानमा
उद्योग र कारखानामा
नयाँ नयाँ प्रयोगशालामा

न अघि बढन सक्छु
न पछि हट्न सक्छु
सम्झनाहरूले चिमोटिरहेको बेला
कुहिरोको कागझैँ निसास्सिंदै
सडकको बीचमा चुपचाप बेसाहारा उभिइरहेछु

ट्राफिक जाम- ७
देश, सकस बोकेर दौडन खोजिरहेछ
धेरै धेरै टाढा छ देशको सुन्दर गन्तव्य

देश बोक्न होइन
आफैँतिर अँध्यारोमा दूनो सोझ्याउँनेहरू
ट्राफिक लाइट बोकेर उभिरहेछन्

उनीहरू
ट्राफिक लाइट बिग्रेको अभिनय गर्छन्
र, चोर बाटोतिर बढ्न ईशारा गर्छन्
पाहुर, पुहुन्की र कोसेली बोकेकाहरूलाई

देशलाई गन्तव्यमा पुर्याउँन खोज्नेहरूलाई
सधैं फसाइएको छ ट्राफिक जाममा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
नीलो रङ्ग

नीलो रङ्ग

डा. दामाेदर पुडासैनी किशाेर
रातमा शहर

रातमा शहर

डा. दामाेदर पुडासैनी किशाेर
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x