साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीलो रङ्ग

मैले पहिलोपटक ईन्द्रेनी भेटेँ र म जन्मिएँ ठीक त्यसैबेला भेटेँ नीलो हावा र , फेर्न थालेँ गहिरो श्वास अचेल, दिन थालेको छ नीलो रँगले न्यानो उज्यालो र जीवनगति ।

Nepal Telecom ad

डा. दामोदर पुडासैनी किशोर :

नीलो रङ्ग- १
मेरो आँखाको
पहिलो दृश्य थियो नीलो रङ्ग
अहिले जीवन पुरै
बगिरहेछ नीलो नदीको वेगमा

नीलो रङ्ग- २
पहिलोपटक आँखा खोल्दा
नीलो आकाश बनेर ढाकिरहनुभएथ्यो आमाले
नीलो पहाड बनेर बोकिरहनुभएथ्यो बाबाले
अचेल
हिमालबाट झरेका नदीहरू
घामसँगै पटक पटक पौडिखेलिरहने समुद्रहरू
र, ब्रह्माण्ड ब्युँझाउँदै लहरिने बतासजस्ता सुन्दर मान्छेहरू
भेटिरहेछु सबै नीलो नीलो

नीलो रङ्ग- ३
युध्द कहिल्यै नीलो हुँदैन
मृत्यु कहिल्यै नीलो हुँदैन
नीलो मिसिएपछिमात्र
बन्नसक्छ हिमाल श्वेतवर्णको
नीलो मिसिएपछिमात्र
पलाउँनथालेको हो प्रेममा अँकुर

नीलो रङ्ग-४
नीलो थियो
मैले पहिलोपटक निकालेको पसिना
नीलो थियो पहिलोपटकको आँसु
मोड र भन्ज्याङहरू नाघेर
शिखर पुग्दाको सुस्केरा नीलो थियो
अरू त अरू
तिम्रो र मेरो पहिलो हेराई नीलो थियो

नीलो रङ्ग- ५
नीलो आकाशलाई
अटाउँनुपर्छ मेरा आँखामा
नीलो धरतीलाई उमार्नुपर्छ मेरै मुटुमा
पहिले तिमी र म मिलेर नष्ट गरौँ युध्दको कालो रङ्ग
त्यसपछिमात्र बचाउँनसक्छौँ हामीले नीलो समय

नीलो रङ्ग- ६
मैले पहिलोपटक ईन्द्रेनी भेटेँ र म जन्मिएँ
ठीक त्यसैबेला भेटेँ नीलो हावा
र , फेर्न थालेँ गहिरो श्वास
अचेल, दिन थालेको छ नीलो रँगले
न्यानो उज्यालो र जीवनगति

नीलो रङ्ग- ७
आकाशमा बादल छैन
नीलो पनि छैन आकाश
पहाडमा जँगल छैन
पहाड पनि अब नीलो छैन
कहाँ गए नीला चराहरू
कहाँ नीला बस्तुभाउ
कहाँ गए नीला फूल र बिरूवाहरू
अचेल अँध्यारो बन्न बाध्य छ मान्छे
मान्छेनै अँध्यारो बनेपछि
नीलो रँग छैन टेक्ने जमिन र देख्ने दृश्यहरूमा
मान्छे अचेल भौँतारिइरहेछ
नीलो रङ्गको नीलो खोजमा !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
रातमा शहर

रातमा शहर

डा. दामाेदर पुडासैनी किशाेर
पतझर

पतझर

डा. दामाेदर पुडासैनी किशाेर
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x