साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुवाहरू

आज उसलाई पार्कमा मगन्ते र बहुलाई भेटेँ भन्थी- बहुलाहरूले एक एक रात निद हराम पारेथे मलाई अहिले मैले उनीहरूको पुरै जीवनमा नीद हराम पारिरहेछु ।

Nepal Telecom ad

डा. दामोदर पुडासैनी किशोर :

भुवाहरू-१
जागिरको शुरूवाती दिनहरूमा
जब म जागिर खान अफिस जान्थेँ
मेरो कुर्सीको पल्लो कुर्सीमा बस्थिन्
एउटी टाइपिस्ट दिदी
ट्याक ट्याक ट्याक ट्याक
किबोर्डको आवाजसँगै प्रेमका गीत गाउँथिन्
र एकजनासंग प्रेम छ भन्दै डेटिङमा जान्थिन्

हिजो चौबाटोमा भेट भयो उनै दिदीसँग
भन्थिन्-
प्रेमीले उहिल्यै अर्कैसँग बिहे गर्यो
र बसाईँ सर्यो
बीचमा धेरैसँग प्रेम भए
उनीहरूपनि कता कता गए
अहिले आफैँलाई माया गर्दै हिँडिरहेछु

आफैँसँग माया हुनुजस्तो मीठो
हुनेरहेछ अरू केही ।

भुवाहरू-२
अफिसमा थिई एउटी टेलिफोन अप्रेटर
हाकिमदेखि पियनसम्म उसलाई सुन्दर भन्थे र पछि लाग्थे
सबै झुम्मेको सह्य नभएपछि
हाकिमले अप्रेटरलाई बनाइदियो अफिसर
र बनायो आफ्नै पर्सनल सेक्रेटरी
अविवाहित पीए प्रेगनेन्ट भन्ने खबर छापिएपछि
एकाएक गायब भयो हाकिम कार्यालयबाट
पिएको पेट तुहियो

झन् धेरै झुम्मिन थाले मान्छेहरू उसको वृत्तमा
आज उसलाई पार्कमा मगन्ते र बहुलाई भेटेँ
भन्थी-
बहुलाहरूले एक एक रात निद हराम पारेथे मलाई
अहिले मैले
उनीहरूको पुरै जीवनमा नीद हराम पारिरहेछु ।

०००
गाेंगबु, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
नीलो रङ्ग

नीलो रङ्ग

डा. दामाेदर पुडासैनी किशाेर
रातमा शहर

रातमा शहर

डा. दामाेदर पुडासैनी किशाेर
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x