साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्खर नुहाएको सहर

घरि सिनित्त बढारिदिन्छ कयौँ रातदेखि ढुसीपर्दै आइरहेका धमिला र दुर्गन्धी समयहरूलाई घरि तैरिनखोज्छ माछाकाँडे ह्याङ्गरहरूमा ।

Nepal Telecom ad

डा. दामोदर पुडासैनी किशोर

हतारहरूमा दुर्गन्ध छैन
ठेस लागे पनि पीडा छैन
घाइते धूलोहरू लडिरहेछन् उफ्रने मौका खोजेर
आँखाहरू पल्याकपुलुक पछ्याउँदैछन् घामका पाइलाहरूलाई

सुगन्धित हावा र नवजात पातहरू
नाचिरहेछन् छमछमी
जिन्दगी हो घामले चुमे रमाइलो छ
नाच्दै ओर्लिए बर्षा
झन् रमाइलो रमाइलो छ

तिम्रो र मेरो छालामा
पर्वको रँग चल्मलाईरहेछ
फिँज निकाल्न तम्तयार तरूना कोकहरू
आराधना गर्दैछन् श्वासहरूको

गएको रात
झ्यालको छेवैबाट
कफीका हाँगा र पात पातबाट
जिरेनियमका गुलावी र सेता थुङ्गाहरूबाट
कसैले फुसफुसाउँदै सोधिरह्यो मलाई
मेरो धडकनको सा रे ग म
म लठ्ठिएको थाहा पाएपछि
आँगनका धूलोहरूसँग लठारिएर नाचिरह्यो
गज्जवको हिपहप

भर्खर नुहाएको सहर
बेरिएकोछ टावेलका कुनाहरूमा
उसको मनभरि
घरि छताछुल्ल छोप्छ धमिलो मनभएको पानीले
घरि सिनित्त बढारिदिन्छ
कयौँ रातदेखि ढुसीपर्दै आइरहेका
धमिला र दुर्गन्धी समयहरूलाई
घरि तैरिनखोज्छ माछाकाँडे ह्याङ्गरहरूमा ।

०००
गाेंगबु, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
नीलो रङ्ग

नीलो रङ्ग

डा. दामाेदर पुडासैनी किशाेर
रातमा शहर

रातमा शहर

डा. दामाेदर पुडासैनी किशाेर
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x