साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातमा शहर

रातमा शहर अर्धनिद्रामा गीत गाउँछ अर्धनिद्रामै सपना देख्छ अर्धनिद्रामै हल्लाउँछ संसदको बैठक जव ब्युँझन थाल्छ झिसमिसेमा रातभरी खुस्केको अण्डरवेयर धुन्छ त्यही चिशो अण्डरवेयरले धुलो ओडेका रूखहरूलाई पुछपाछ पार्छ ।

Nepal Telecom ad

दामाेदर पुडासैनी किशाेर :

रातमा शहर- १
रातमा शहर छटपटाइरहेथ्यो
झुक्याएर खसाल्न खोजेथ्यो जूनलाई
माला गाँसेथ्यो ताराहरूको
कसैको सँझनामा चिच्याउँन खोज्यो
तर लड्यो आगोका फिलिङ्गाहरूले छोपिएर ।

रातमा शहर- २
म रातमा शहर पसेँ
शहरलाई काउकुति लगाउँने इच्छा बोकेर ।

अर्धनिद्रामा थियो शहर
नाच्दैथियो सुरा र सुन्दरीसँग
गर्दैथियो अँध्यारोमा गर्न नहुने कामहरू
केही रात उसँग बसेपछि
बत्ति बोकेर नाच्न थालेको छ शहर
म भने अँध्यारो ओडेर दौडन खोजिरहेछु ।

रातमा शहर- ३
गाउँबाट हेरिरहन्थेँ शहरलाई
किरिँङ्मिरिङ् देख्थेँ, गज्याँङ्मज्याङ् देख्थेँ
एकरात शहर पसेँ , शहरको रीत फेरिदिने घोषणा गर्दै ।
मलाई भेटेपछि शहरले मसँग मेरो गाउँ खोस्यो
रखबारी गर्न अह्रायो शहरका कुनाकाप्चा
अहिले शहर मसँग भाग्छ कि भनेर
दुबै हातले अँठ्याइरहेछु ।

अहिले न मैले शहरलाई छोडन सक्छु
न शहरले मलाई छोडन सक्छ
रातको पिरती हुँदोरहेछ साँच्चै कालो र कठोर ।

रातमा शहर- ४
रातमा शहर
छायाँ बन्छ
आकार बन्ने आशा बोकेर
लहरिन्छ हावासँग

मैले रातको शहरलाई भनेँ
मलाई बेर छायाँनै छायाँको तिम्रो अँगालोमा
मपनि बन्न चाहन्छु छायाँ
र पगालेर रित्याइदिन चाहन्छु
बर्षौँदेखि दम्भले उभिएका महल र पर्खालहरू ।

रातमा शहर- ५
शहर रित्तो छ
जून र ताराहरू
केही चोर्न फालहालिरहेछन् पर्खालबाट
पुलिसभेहिकलका सेक्युरिटी हर्न
वाचम्यानले बजाएका बेलका लयदार आवाज
सेक्स मार्केटका गन्धमा भुन्भुनाइरहेका भँवराहरू
चिया पसलदेखि स्टार होटलसम्मका आवतजावत

सबै सबैलाई नचाइरहन्छ रातमा शहरले
शहर त झिलमिली बत्तिको उज्यालो काखि च्यापेर
निदाइरहेको ठान्छन् उता पर परका सोझा गाउँहरू ।

रातमा शहर- ६
शहरमा रात
कालो समुद्र बनेर ओर्लियो
घर, सडक,पार्क सबैलाई
छोपिदियो निख्खर कालो ब्ल्याँकेटले
बगैँचामा फूलहरू फक्रँदै गएजस्तो
क्रमश: फक्रँदै स्वागत गर्नथाले स्ट्रीटलाइटहरूले
उता ओर्लँने मौका खोज्दैछन् तारा, जून र सँगै आकाश

शहरमा त्यत्रो परिवर्तन भैसक्यो एक रातमा
कयौँ मान्छेहरू कसरी निदाउँन सके होलान् बेपर्वाह .

रातमा शहर- ७
रातमा शहर
आफ्नो इतिहास सँझन्छ
धुम्धुम्ती बस्छ छायामुनि
आफ्नो सबै स्वरूप
अँध्यारोले निलेको पीडा खपेर
एक्लै बजाइरहन्छ शोकधुन ।

रातमा शहर- ८
रातमा शहर
अर्धनिद्रामा गीत गाउँछ
अर्धनिद्रामै सपना देख्छ
अर्धनिद्रामै हल्लाउँछ संसदको बैठक
जव ब्युँझन थाल्छ झिसमिसेमा
रातभरी खुस्केको अण्डरवेयर धुन्छ
त्यही चिशो अण्डरवेयरले
धुलो ओडेका रूखहरूलाई पुछपाछ पार्छ

रातको शहरले
बिहानलाई उपहार दिन
काँडेदार मास्क तयार गरेको छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
नीलो रङ्ग

नीलो रङ्ग

डा. दामाेदर पुडासैनी किशाेर
पतझर

पतझर

डा. दामाेदर पुडासैनी किशाेर
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x