साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थप सङ्कट !

थप सङ्कट !  ददि, हितान विजय र अपिल घिमिरेहरू आए त हो। जोसेफ यहाँ आउन्न। जङ्गल बाघविहीन हुनुहुन्न। दुःख लाग्यो भुरा हो !" पाको मृग।

Nepal Telecom ad

धनराज गिरी :

जङ्गल, जङ्गलमा नाचे, खुशी भए मृगहरू। मृगका बच्चाहरू र जवान मृगहरू। किन ? किन कि उनीहरूको शत्रु, मृगेन्द्रको हत्या भयो। उनीहरूकै सामुन्नेमा। शिकारीको फेला पर्यो। आखेटमा आएको एक मान्छे, फौजी, पूर्व। शिकारी। बाघलाई गाडीमा हलेर लग्यो। यता मृगहरू अभय ! यो दृश्य हेरिरहेको एक पाको मृगको अनुहारमा कुनै खुशी नदेखेर, एक जवान मृग, “बाबा, हजुर किन उदास ? झन् आज हाम्रो शत्रुको नाश भएको दिन। हजुर किन उदास ?”

“यो बाघले कति दिनमा शिकार गर्थ्यो ? ” पाका, काका। बाबा मृग। ” तीन दिनमा एक !” जवान मृग।
“हेर पुत्र, बाघको, मृगेन्द्रको एक नियम हुन्छ, जङ्गलमा नियम अक्षरश: पालना गरिन्छ। एउटा सिस्टम छ। यहाँको आफ्नै लय छ। यहाँ सधैं शान्ति छ। यहाँ राजनीति छैन। बाघ अघाएपछि सिकार गर्दैन । तर मान्छे ? जति खाए पनि अघाउन्न। अझ सङ्कट थपियो भन्ने बुझ्नू ! त्यो मान्छेको बन्दूकबाट अब कति मृगहरू मारिने हुन् ? एकै दिनमा। थाहा हुन्न। बरु ऊ बाघको डरले जङ्गलमा आउन्नथियो। “थप सङ्कट !  ददि, हितान विजय र अपिल घिमिरेहरू आए त हो। जोसेफ यहाँ आउन्न। जङ्गल बाघविहीन हुनुहुन्न। दुःख लाग्यो भुरा हो !” पाको मृग।

उदास भए मृगहरू। भोलिपल्ट मान्छेले ४३ मृग सिकार गर्यो। ऊ मृगचर्मको तस्कर थियो। एक महिनामा जङ्गल मृगविहीन भयो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x