साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के अर्थ ?

खुशी लाग्यो सरजी ! आज केही हुन्छ। के अर्थ ? आत्मीयता नभएको सम्बन्ध! के अर्थ ? भरोसा नभएको समाज ! हो, अर्थ गहिरो छ।

Nepal Telecom ad

धनराज गिरी :

म समय, मेरो प्रोफेसर आज विशेष काममा निस्किएको छ, सर्वगुणसम्पन्न एक समाजसेवी बा, जसको राज थियो, कुनै युगमा, लेखकहरू जन्माउने नगरले पाठकहरू, अब्बल अब्बल जन्माइसकेको थियो, म समय, मेरो प्रोफेसर,सर्वमान्य पात्र,सज्जनहरूको, नाम “प्रोफेसर प्राप्राडा” तेजनरेन्द्रलीलाराज धर्मदत्त गोविन्दशरण धनराजेश्वर रत्नश्री पौने शहीदोपाध्याय बलरामपुरे” एक अजीवोगरीब पात्र, पुग्यो सरस्वतीधाममा, मिलन भयो रामायण,बिहारी बाबु, शत्रुघ्न सिन्हा माहिला रत्न, कथाको शुभारम्भ :

“खामोश दाजु,नमस्कार !” प्रोफेसर ।
“ओहो, प्रोफेसर साहेब, धर्मेन्द्र, वेलकम !” दाजु। न्यानो आतिथ्य!गफ, गफानन्द सरस्वती, प्रोफेसर, गफाडीको दाजु,आलापोटे, प्रकाश बस्नेत गफाडीको, कुरापण्डित।

“दाजु,जीवन एक जटिल प्रक्रिया हो, सरल गफमा हो, लेखमा हो,फेसबुकमा हो, जता पनि अभिनय! निद्रा लाग्छ दाजी मज्जाले ?” प्रोफेसर ।

“लाग्छ, लाग्छ, सरको कुरा गहिरो।” दाजी, माहिला।

“नत्र त दाजु, मानसिक सम्पन्नता विना भौतिक सम्पन्नता घाँडो हुन्छ, अलौकिक दुनियाँको यात्रा चाँडो हुन्छ। मनमा शान्ति र मुहारमा कान्ति छैन भने सम्पूर्ण वैभव अर्थहीन। मलाई दुनियाँले मान्छ, के अर्थ ? परिवारले नमाने। होइन त दाजु ?” प्रोफेसर ।

“हो हो, सरजी, हो हो ! वास्तवमा सरलाई त “योगी महाराज” भन्नुपर्ने ! प्रवचन दिनुपर्ने सरले! यस्तो बौद्धिक खुराक, गज्जब !” दाजी, रामानुज।

“दाजी, तन, मन, धन र स्वजन, यी चार विभाग, “शिर,मुटु, किड्नी र कलेजो” जस्तै, यो आयामिक सन्तुलन कायम छैन भने गयो जिन्दगी, जिन्दगी” ओली ओली, शेर शेर, प्रचण्ड प्रचण्ड, माधव माधव !” म, एक गुरु, पहिले, मलाई मेरै चेलाचेलीले नपत्याए, के अर्थ ? मलाई मेरै घरले नपत्याए के अर्थ ? मलाई मेरै सन्तानले नपत्याए के अर्थ ? अर्थ भए न अर्थ, अर्थ नभए अनर्थ!मूल कुरा आफ्नै देह, यो भूगोल र आफ्नै परिवार रहेछ दाजु। नत्र जिन्दगी एक “तनावालय !” अनि शेष होइन, “कीर्तिशेष !” विशेष कुरा यही हो कि ? हो कि हो कि,जिन्दगी । के ग्यारेन्टी छ दाजु ? आफ्नो मनले सबैलाई इमानदार मान्यो, ठान्यो, उता के हो ? के हो ? मुखको कुरा पाकिस्तान, मनको कुरा हिन्दुस्तान ! मान्छे चिन्न सकिन्छ र दाजी ?” प्रोफेसर ।

“हो हो सर, हो ! आज त कृष्ण- गीता सुनेजस्तो भयो। “गुणरत्न माला” पढेजस्तो। शब्द शब्द गहिरा, अङ्गूरको झुप्पा ! खुशी लाग्यो सरजी ! आज केही हुन्छ। के अर्थ ? आत्मीयता नभएको सम्बन्ध! के अर्थ ? भरोसा नभएको समाज ! हो, अर्थ गहिरो छ। हुन्छ सर, अनुजको घर त्यो हो, धर्मालय !” दाजी।

प्रोफेसर लाग्यो गन्तव्यतिर ! म समय, म पनि सहयात्री ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x