धनराज गिरीघण्टेशिया !
देशमा १८२ विकास क्षेत्र हुनुपर्छ ! "महावीर पुन। " "हुनुपर्छ हुनुपर्छ !" हर्क साङपाङ।" सबैको जय होस् ! "साझा आमा, दुर्गा सुवेदीकान्ता !" अब अन्याय हुन्न !" ताराकान्त ।

धनराज गिरी :
म समय, एशिया, मलेशिया, रसिया, क्युरेशिया, अनेक “सिया” नाम गरेका देशहरू त सञ्झोटे कुलदीपकको साथमा घुमियो। कहाँ कहाँ पुगिएन, सरसर्ती संसार, देशदेशावर, अक्षत अन्टार्कटीका, अरूसित घुम्नु फिका, घुमियो, झुमियो, अनेक रङ्ग चुमियो, पोलर स्नान, आम्माम्मा, यायावरे जिन्दगी, चुरेको लुरे नामीबियामा घुरे, नर र इन्द्रको योग, छन्द इन्दिरा, म समय, आज मेरो प्रोफेसर दाइ होइन, एक हिमालयन संस्था, “नइ” को न्यानो काखमा, म समय,अचानक टिनिनिनिनिनिनिनी “तोसीमा, छोरी सीमा, मनिष झा, घण्टी बजा, क्या मज्जा, म समय, आहा, अर्को नयाँ देश उत्पन्न भयो रे यो भूगोलमा, कृष्णलीला, प्रसाद मिला, रेग्मी ढिला, गुद्पाक, पुरानो तन्ना र नयाँ रुमाल, प्रेम रिमाल, चट्टान, कमाल, रत्नप्रभा, नयाँ देश “घण्टेशिया” अब लाग्ने नयाँ मुगलान, कथारम्भ :
“यो देशमा सुख पाइन्छ।” यही सोचे अन्य मुलुकका सज्जन नागरिकहरूले, असन्तुष्टहरूले। आए, भीसा पाए। नीलो क्याप लगाए भीसा पाइयो। घण्टी बजाए भयो। गगनमा रवि मख्ख, विश्वलाई प्रकाश दिएर। “घण्टे नागरिक” परिचय भयो। देशको नाम भाइरल भयो। मन्दिरै मन्दिर। छुवाछूत शून्य! खगेन्द्र सङ्ग्रौला आएनन्। खगेन्द्र लुइँटेल पनि आएनन् । खगेन्द्र सुनार, उत्तर आधुनिक भलाद्मी, अति सज्जन, ओलीवचन होइन, बोलीवचन महघिउ मिसिएकोजस्तो। “बोलेन बोलेन बोलेन” भने राजनेतालाई। हुकुम भयो, “गगल्सको कारोबार गरे मालामाल,जय शम्भो!”
“आहा, स्वर्णिम युग !” हरिदीपक गौतम ढकाल। “आहा,अब हुन्छ प्रगति !” भागीरथनन्दन।” देशमा १८२ विकास क्षेत्र हुनुपर्छ ! “महावीर पुन। ” “हुनुपर्छ हुनुपर्छ !” हर्क साङपाङ।” सबैको जय होस् ! “साझा आमा, दुर्गा सुवेदीकान्ता !” अब अन्याय हुन्न !” ताराकान्त ।
“दाइ,के होला अब ?” मीनाकान्त, लमजुङे।
“कपिल अज्ञात रत्नप्रभालाई सोध्ने, पाँच वसन्त हेर्ने !” अघोरीराज बज्रेश्वर हुर्मतानन्द सुमेधाश्री, मिस्टर ६३ ।
“घण्टेशिया : जिन्दावाद !” नारासहित जुलुस आयो। तमाशा हेर्नेहरूको भीड ।
म समय, चुपचाप, गजलमा छाप ! दश वसन्त बिते ! केही थाहा छैन। हजुरलाई थाहा छ ?
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































