साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासन र जुत्ता

दुबै मक्ख छन् एकले अर्कोको अनुहार हेरेर मुस्कुराउँदै यहाँको सुशासनको स्वादमा रमाइरहेका छन् मेरो भ्रमणको मज्जा त मेरा जुत्ताले पो लिइरहेका छन्।

Nepal Telecom ad

हरि कोर्काली :

बसंदिखि आफ्नो देशमा परिरहेको
सुशासनको खडेरी खेप्ता खेप्ता I
हैरान भएका मेरा जुत्ता
यहाँ आएपछि त आफूले पनि थाहा पाउने गरी मौलाएको
सुशासनको मज्जा लिइरहेछन् ।

दिनभरि हिंड्दा पनि
न धुलो लाग्छ
न हिलो लाग्छ
न कतै ठेस्स्नुिपर्छ
न कतै कोरिनुपर्छ
सुखैसुखको सास फेरिरहेछन् ।

बिहान घरबाट निस्कँदा जस्तै
टकटकाउँदो चिल्लो, चम्किलो अनुहार लिएर
साँझ घर फर्कन पाउँदा
दुबै मक्ख छन्
एकले अर्कोको अनुहार हेरेर
मुस्कुराउँदै
यहाँको सुशासनको स्वादमा रमाइरहेका छन्
मेरो भ्रमणको मज्जा त
मेरा जुत्ताले पो लिइरहेका छन्।

०००
लोकन्थली, भक्तपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x