साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना र सरकार

सानो कामका लागि पनि नकिनी नभेटिने सरकार भन्दा त सबै प्रति प्रीति दर्साउँदै खोज्दै आउने सपना नै मलाई प्यारो लाग्छ म सपना मन पराउँछु ।

Nepal Telecom ad

हरि कोर्काली :

मननपर्ने कुराहरू धेरै छन्‌
तर, सपना मनपराउँछु
केही दिन देखिएन भने पनि
त्यसकै नियास्रोमा हराउँछु
म सपना मनपराउँछु ।

उडेका सपना धेरै देखिए
अगि बाल्यावस्थामा
डुलेका सपना पनि त्यत्तिकै देखिए
अलिक पछि
आज बुढेसकालमा आएर
तिनै सपनाहरू सम्झँदै
समय कटाउन पाएको छु
तिनै सपनाहरू सम्झँदै मनमनै रमाउन पाएको छु
अझैपनि म सपना मन पराउँछु ।

ठूलो–सानोमा ध्यान नराख्ने
धनी–गरीबमा छ््यान नराख्ने
सबै प्रति समानताको ज्ञान राख्ने
हृष्टपुष्ट, सुकिलामुकिला
चिल्लाचाप्ला र
सुगन्धहरू छर्किएर सुत्नेहरू मात्र नरोजी
डुङ्डुङती गन्हाउनेहरूको निद्रामा पनि सहजै पुग्ने
र उनीहरूको निद्राभरि रमाएर बस्ने
सपनाको त गुण नै मनपर्दाे छ
म सपना मन पराउँछु ।

सपना र सरकारको राशि त मिल्छ
तर, बानी मिल्दैन
बानी पनि मिल्थ्यो त
सरकार कति राम्रो हुन्थ्यो !
सबैका लागि कति हाम्रो हुन्थ्यो !

दीन दुःखीहरू प्रति
दुर्दुर भाव प्रदर्शन गर्ने र
सानो कामका लागि पनि
नकिनी नभेटिने सरकार भन्दा त
सबै प्रति प्रीति दर्साउँदै खोज्दै आउने सपना नै
मलाई प्यारो लाग्छ
म सपना मन पराउँछु ।

०००
लोकन्थली
सम्पर्क न :– ९८४१८२०७९८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x