साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वश्रेष्ठ

"रे मूर्ख, तिम्रा छोराहरूको नामै छैन भने, तिमीले त्यस्तो वस्तु पाउने छैनौ ।" मैले त्यसपछि विचार गरें ! मेरा ती हराएका छोराभन्दा त, तिनको नाम नै सर्वश्रेष्ठ रहेछ ।

Nepal Telecom ad

साेमराज अभय :

हे अविनाशी !
तिमीलाई भेट्न भनेर मैले
कैयौं जन्म ग्रहण गरेर
असङ्ख्य चक्कर लगाइसकें !
हे शाश्वत-सनातन, ज्योतिरूप !
यस जन्ममा पनि मैले
तिमीलाई भेट्न सक्छु कि भनेर
जीवनका साठी वसन्त खर्च गरिसकें ।
तर खै, भेटियौ र ?
मैले भेटेसम्म नामहरू सुखदुःखका !
अनाम भएर शब्दार्णवमा बगिसके !
मेरा अगिल्ला तमाम जीवनहरू पनि
नामशेष बनिसके !
मेरा पछिल्ला जन्महरू पनि
नामावशेष रहनेछन् !
के भनूँ !
यस जीवनमा मैले
दुइटा छोरा पाएको थिएँ !
एउटाको त नाम पनि थियो,
तर अर्काको नाम राखेकै थिइँन !
दुवै समान रूप, वर्ण र उमेरका थिए,
मेरो जीवनमा
ठूलो भूइँचालो आएको बेला !
ती मेरा दुवै छोरा हराए !
वेपत्ता भए !
मैले असङ्ख्य शास्त्रजङ्गल छिचोलेर,
अनन्त गुरुपरम्पराको आड लागेर,
नाम भएको छोरो चाहिं पाउन सकें !
तर, नामैविनाका छोराको भने
पत्तो लाग्न सकेन !
म प्रेमाभिभूत भएर त्यसको
खोजी गरिरहन्थें !
मेरो व्यर्थको खोजी देखेर
एक जना सज्जनले भने-
“रे मूर्ख, तिम्रा छोराहरूको नामै छैन भने,
तिमीले त्यस्तो वस्तु पाउने छैनौ ।”
मैले त्यसपछि विचार गरें !
मेरा ती हराएका छोराभन्दा त,
तिनको नाम नै सर्वश्रेष्ठ रहेछ ।

०००
विराटनगर
अनुगुञ्जन (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x