साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ आगो

रगरगले प्रच्छन्नताले बस्तीमा ओसारिरहेछ नयाँ आगो पिरो धुँवा अहिले मृत्यु धुन ‘चरैवेती’ मन्त्रमै सवार भइरहेछ ।

Nepal Telecom ad

वासुदेव अधिकारी :

प्रिय बन्दाबन्दी,
एकै दिन धेरै दिवस आउँछन्
कुन चाहिँ मनाउने ?
घामपानीको मेसोमा
रमाउँदै इन्द्रेणी आउँछ
घरै बसेको कविले
कहाँ गएर समाउने ?

कोरोना कहरमा
कुँजिन्छ पनि
भोकले जिस्क्याउँछ पनि
रुघाखोकीले तर्साउँछ पनि
बढी रगरगले
ग्रिन जोन
खैरिँदै जान्छ
रातिँदै जान्छ

रातो रङ
विजयी रङ होइन सधैँ
पोजेटिभ रिजल्ट
सकारात्मक होइन सधैँ

रगरगले
प्रच्छन्नताले
बस्तीमा ओसारिरहेछ
नयाँ आगो
पिरो धुँवा

अहिले मृत्यु धुन
‘चरैवेती’ मन्त्रमै
सवार भइरहेछ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x