साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दक्षेप्यास्त्र

हुन्छ्न् डाँका यहाँ काका साइनोमा परेपछि सबै उल्टो कुरा गर्छन् कुर्सीबाट झरेपछि । दरबार हुनेले नै झुप्राझुप्री उडाउँछन् दुखीका माथमा चिल्लो रेलगाडी गुडाउँछन् ।

Nepal Telecom ad

बिन्दु दाहाल मुकदर्शक :

चियोचर्चो अरूकै छ आफ्नो मानो पचाउन
सकेनौँ बुद्धिजीवीले आफ्नो सान बचाउन । १

फूल रोपे विरोधै छ उखेले नि विरोध छ
नेपालीको गयो बुद्धि पेटमा तुच्छ क्रोध छ । २

देशभन्दा ठुलो पार्टी ठान्नेहरू खरा भए
हिजोका ढोडका तोक्मा आजभोलि दह्रा भए । ३

न हिजो सभ्य संस्कार सिकाए नमुना बनी
तिनै नै अहिले खोक्छन् चुँडाई व्यर्थ कन्दनी । ४

आफन्तवादको भोटो सिलाए दलले हिजो
परिणाम सबै निस्क्यो गणतन्त्र भयो झिँजो । ५

सत्तामा जहिले साँढे डुक्रेर बस्न खोज्दछन्
थोरैले मात्र यो देश हितका निम्ति सोच्दछन् । ६

उम्किए तिनका कुर्सी छुसी बानी र ढङ्गले
कुना पसी रुँदै छन् हा ! तिम्ल्याहा धूर्त मङ्गले । ७

हुन्छ्न् मन्त्री महा चोर चुनावमा जितेपछि
देश बनोस् कहाँबाट लार्भा जस्तै घिचेपछि । ८

हुन्छ्न् डाँका यहाँ काका साइनोमा परेपछि
सबै उल्टो कुरा गर्छन् कुर्सीबाट झरेपछि ।९

दरबार हुनेले नै झुप्राझुप्री उडाउँछन्
दुखीका माथमा चिल्लो रेलगाडी गुडाउँछन् । १०

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x