साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका सकसको, गर ख्याल

दृष्टि जाँगर कठै, बल छैन । बाल वृद्ध नहुने, मनु हुन्न ॥ छन् अशक्त र लुला, पदचाल । वृद्धका सकसको, गर ख्याल ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :

हुन् पिता मनुजका, हितकारी ।
हुन् मुमा भगवती, महतारी ॥
जेष्ठका कठिनका, पल टाल ।
वृद्धका सकसको, गर ख्याल ॥ – १

वृद्धका मगजले, शुभ ठान्छ ।
चित्तले नयनले, सम देख्छ ॥
जेष्ठका तन नहून्, सुसुपाल ।
वृद्धका सकसको, गर ख्याल ॥ – २

वृद्ध,बालजन हुन्, शिवतुल्य ।
मान्नुपर्छ नरले, कटु सत्य ।।
जेष्ठका सँग रहून, शुभकाल ।
वृद्धका सकसको, गर ख्याल ॥ – ३

छन् पिता घर भने, छ उमङ्ग ।
छिन् मुमा यदि भने, मन दङ्ग ॥
भोग्दछन् सुत सुता, शुभलाभ ।
वृद्धका सकसको, गर ख्याल ॥- ४

दृष्टि जाँगर कठै, बल छैन ।
बाल वृद्ध नहुने, मनु हुन्न ॥
छन् अशक्त र लुला, पदचाल ।
वृद्धका सकसको, गर ख्याल ॥ – ५

पार्वती भगवती, भज राधा ।
बोल नम्रपनले, गर श्रद्धा ॥
जेष्ठका पिर दशा, पर फाल ।
वृद्धका सकसको, गर ख्याल ॥ – ६

०००
बट्टार, नुवाकोट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Lalmani paudel
Lalmani paudel
4 months ago

सुन्दर भाव,सुन्दर शव्द संयोजन सहित पिता-माता प्रतिको सद्भाव, अध्यात्म चिन्तन, बूढो र बालखको वयको अवस्था चित्रण गरिएको भावोत्प्रेरक कविता।

Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x