साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबाका आमाका अनुभव सिकी…

घमन्डीपाराले अधममतिले बढ्छ पिरलो । नराम्रो बानीले मनुज छिनमा बन्दछ धुलो ॥ भनी शिक्षा दिन्छन् जनक जननी आसिक लिऔँ । बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’:

गरा कान्ला आली धुर विपिनमा पौरख छरे ।
वधू छोरा छोरी र परिजनमा जीवन दिए ॥
कलाका खानी हुन् जनक जननी आदर गरौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥ – १

मुमा हुन् देवीझैँ धवल गुणकी पूज्य कमला ।
पिता हुन् भोलाझैँ तनमन दिने सर्जक ठुला ॥
यिनै हुन् आफ्नामा शुभ फल दिने ईश्वर चिनौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥ – २

कुटो डोको नाम्लो विविधपनका साधन भिरी ।
हलो खुर्पा बोक्दै कति वय बिते आर्जन गरी ॥
उमा, राधामाता प्रभुसरि पिता माधव भजौँ ।
बुबाका माताका अनुभव सिकी सक्षम बनौँ ॥ – ३

पिताका माताका अनुपम कला चर्चित रहून् ।
वधू छोरा छोरी यस अवनिका कर्मठ बनून् ॥
अहो ! पुर्खा हाम्रा मुकुटसरि हुन् पूजन गरौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥ – ४

हटाओँ पाकाका कठिनपनका विघ्न र व्यथा ।
नियालौँ अप्ठ्यारा क्षण कहरका छन् अझ कथा ॥
यिनै पाका हाम्रा पवित दिलका उत्तम भनौँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥ -५

घमन्डीपाराले अधममतिले बढ्छ पिरलो ।
नराम्रो बानीले मनुज छिनमा बन्दछ धुलो ॥
भनी शिक्षा दिन्छन् जनक जननी आसिक लिऔँ ।
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ॥ – ६

०००
विदुर न.पा. – ४, बट्टार, नुवाकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x