साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

पाका गरा विपिनमा श्रम पोख भन्छन् । सन्तानका प्रगतिमा खुब ध्यान दिन्छन् ॥ राधा बसून् हृदयमा जप कृष्ण श्याम । यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :

आफ्ना सुता सुत वधू सब प्राण ठान्छन् ।
सङ्‌कष्टको समयमा पनि ख्याल राख्छन् ॥
आमा बुबा हजुरबा भज राम नाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥ – १

वृद्धा र वृद्धजनका सुविचार खुल्छन् !
भोगाइका पलहरू मननीय हुन्छन् ॥
पाका भए मनुजका घर बन्छ धाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥ – २

बाबा मुमा गगनझैँ रविझैँ उँचा हुन् ।
मानौँ यिनै शिखरका शिवपार्वती हुन् ॥
पारौँ खुसी अब बुबा र मुमा तमाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥ – ३

सन्तान बाहिर गए घर गाउँ छोडे ।
मातापिता हजुरबा सब जीर्ण रोए ॥
मानौँ दया भर दिऊन् नभ जून घाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥ -४

सङ्‌घर्षका अनुभवी शुभकर्म रोप्ने ।
वृद्धा र वृद्धजन हुन् भय दूर गर्ने ॥
छन् कर्ममा सफरमा चिरकालसम्म ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥ – ५

पाका गरा विपिनमा श्रम पोख भन्छन् ।
सन्तानका प्रगतिमा खुब ध्यान दिन्छन् ॥
राधा बसून् हृदयमा जप कृष्ण श्याम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥ – ६

०००
वि . न . पा .- ४, बट्टार, नुवाकोट !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x