साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

छन् कमजोर र मत्थर कान । नेत्र दुबै अनि दाँत बिकाम ॥ आखिर व्यर्थ छ जीवन भन्छन् । ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ :

शक्ति भएभर जाँगर पोख्छन् ।
धीर सुसाधक रक्षक बन्छन् ॥
रोग दशा भय फाल्न कसिन्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥ – १

पुत्र वधू किन दूर रहन्छन् ?
मातृ पिता अब दुःखित बन्छन् ॥
दर्द र क्रन्दन रोदन बढ्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥ -२

उग्र व्यथा डर छन् अझ गाढा ।
खाट र आँगन छन् अब टाढा ॥
शोक र सङ्कट आहत खेप्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥ -३

वृद्ध भनी किन हेप्न कसिन्छन् ।
जीर्ण, अशक्त र बाधक ठान्छन् ॥
झन् अपहेलित वृद्ध यहाँ छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥ -४

गेह छ दृश्य छ चादर छैन ।
हेरविचार र आदर छैन ॥
वृद्धहरू खुब चिन्तित बन्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥ ५

छन् कमजोर र मत्थर कान ।
नेत्र दुबै अनि दाँत बिकाम ॥
आखिर व्यर्थ छ जीवन भन्छन् ।
ज्येष्ठहरू अति कष्ट सहन्छन् ॥ – ६

०००
विदुर न.पा.- ४, बट्टार, नुवाकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x