महेन्द्र उपाध्यायखराब जस्तो देखिन्न, खराबी हाम्रो
समय बाँधिएको छ, हरेक शेरमा सजिलै कहाँ मेटिएला र, मसी हाम्रो ? यसरी तिमीलाई लेख्ने, को हो भनी सोधे भनिदिनू एउटा साथी छ 'एमपी' हाम्रो ।

महेन्द्र उपाध्याय अतल :
प्रगति जस्तो देखिएन, प्रगति हाम्रो
हजुरको जस्तै भैदिए, बुद्धि हाम्रो
हामी दुई मात्र हुँदा, हिसाब गरौंला
नदेखाउनू बजारमा, दुश्मनी हाम्रो
थाहा छ समस्या, कहाँनेर छ ?
खराब जस्तो देखिन्न, खराबी हाम्रो
अब बाटो अलग छ, चाल फरक हुनेछ
अन्तिम हो शायद, कुराकानी हाम्रो
बडो मुस्किलले, फकाएँ आफैलाई
हजुरलाई थाहानै छ, जिद्दी हाम्रो
सबथोक हजुर हो, सबथोक हजुरका हुन्
यहाँ आफैमाथि त छैन, दाबी हाम्रो
समय बाँधिएको छ, हरेक शेरमा
सजिलै कहाँ मेटिएला र, मसी हाम्रो ?
यसरी तिमीलाई लेख्ने, को हो भनी सोधे
भनिदिनू एउटा साथी छ ‘एमपी’ हाम्रो ।
०००
लम्कीचुहा, कैलाली
सद्य प्रकाशित ‘दुई’ गजलसङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest









































