साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजका श्रवण कुमार

बिल्डिङ त ठुलै छ नि, तर दुईवटा तलाका फ्ल्याट भाडामा गएका छन् । माथिल्लो तलाका काेठाहरू हामी परिवारलाई नै ठिक्क ! ल्याएर कहाँ राख्नु ?

Nepal Telecom ad

डा. घनश्याम परिश्रमी :

कविजी, यस सहरमा अलि राम्रो ज्येष्ठ नागरिक आश्रम कुन चाहिँ हाेला ? एकजना साहित्यप्रेमी प्राध्यापकले मसँग साेधे । राम्रो ज्येष्ठ नागरिक आश्रमका लागि त यो सहरभन्दा अलि पर जानुपर्छ । तर किन साेध्नुभएकाे तपाईंले ? मैले प्रतिप्रश्न गरेँ ।

मलाई उत्तर दिने क्रममा प्राध्यापक महाेदयले भने,- बाआमा दुवैजना पचासी छयासी वर्षका भइसक्नुभयाे ।गाउँमा उहाँहरूलाई राम्रोसँग रेखदेख गर्ने काेही छैनन् । भाइको परिवार त छ त्यहाँ । तर खासै वास्ता गर्दैनन् । कहिलेकाहीँ घरमा जाँदा उहाँहरूकाे अवस्था जब देख्छु, मेरो मन द्रवित हुन थाल्छ । अनायासै आँखा रसाउँछन् ।

प्राध्यापक महाेदय बाेल्दाबाेल्दै बिचैमा मैले पुनः जिज्ञासा राख्दै साेधेँ- तपाईंको त यहाँ सहरमा नै बिल्डिङ छ नि ठुलाे, होइन र ? यहीँ ल्याएर राख्दा हुँदैन र ?

के गर्नु कविजी, उनी बाेल्न थाले- बिल्डिङ त ठुलै छ नि, तर दुईवटा तलाका फ्ल्याट भाडामा गएका छन् । माथिल्लो तलाका काेठाहरू हामी परिवारलाई नै ठिक्क ! ल्याएर कहाँ राख्नु ? फेरि आफ्नै घरमा राख्दा कसले रेखदेख गर्ने ? समस्या छ नि, त्यसैले त आश्रम खाेजेकाे ।

ए, ए, बुझेँ हजुर ! मैले टाउको हल्लाउँदै भनेँ । अनि देवीघाट स्थित ज्येष्ठ नागरिक आश्रमबारे जानकारी गराएँ । आभारी भएजस्तो गर्दै मलाई धन्यवाद दिए प्राध्यापक महाेदयले ।

मैले मनमनै भनेँ- धन्य, आजका श्रवण कुमार !
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब र कविता

हिसाब र कविता

घनश्याम न्यौपाने ‘परिश्रमी’
कमरेडकाे शपथ

कमरेडकाे शपथ

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x