साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिसाब र कविता

विम्बहरूकाे चमत्कार प्रतीकहरूकाे अभिव्यञ्जना रसकाे लाक्षणिक मिठास यतिखेर म जिन्दगीको सजिलो अर्थ भेटेर प्रसन्नताकाे कलिलो अनुभूतिमा रमाइरहेकाे छु !

Nepal Telecom ad

डा. घनश्याम परिश्रमी :

हिसाब
मेरा लागि
जहिल्यै
दुर्गम पहाड बन्यो,
कहिले जाेडमा थाकेँ,
कहिले घटाउमा गलेँ,
कुनै गन्तव्यहीन
कठाेर यात्राजस्तो
गुणन बिग्रिँदाकाे थकान
भागा नमिल्दाकाे तनाव
लघुतम-महत्तमहरूमा
पसिना बगाउँदाकाे
चरम असन्तुष्टि
ज्यामितीय सूत्रहरू
रट्दाखेरिकाे हैरानी
अल्जेब्राका
गुणन जाेड वाई बराबरका
अर्थहीन उत्तर निकाल्न
गरेको दिमागी खर्च
मेरो जिन्दगी
हिसाबकाे उल्टाे यात्रामा
खुसी विरुद्ध
हिँड्दै थियो
निकै त्रासद,
बैङ्कमा खाेलिएकाे
मेराे खाता
भाेकले
जब दुब्लाउँदै गयो
म एकाएक
हिसाबकाे घाटैघाटा छाडेर
पसेँ कविताको
सघन झुपडीमा
आहा! कस्तो आनन्द !!
मनमा खुसीको
अतिरेक प्रवाह
भावकाे नदी,
कलाकाे हिमालय
अलङ्कारहरूकाे
अनुपम सौन्दर्य
ध्वनिकाे गाम्भीर्य
वक्राेक्तिकाे सुमधुर प्रहार
शैलीको मनाेहारिता
गुणहरूकाे आकर्षण
विम्बहरूकाे चमत्कार
प्रतीकहरूकाे अभिव्यञ्जना
रसकाे लाक्षणिक मिठास
यतिखेर म
जिन्दगीको
सजिलो अर्थ भेटेर
प्रसन्नताकाे
कलिलो अनुभूतिमा
रमाइरहेकाे छु !

०००
२०८२/०६/११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
आजका श्रवण कुमार

आजका श्रवण कुमार

घनश्याम न्यौपाने ‘परिश्रमी’
कमरेडकाे शपथ

कमरेडकाे शपथ

घनश्याम न्यौपाने ‘परिश्रमी’
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x