साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाको ढिपी

भन्छौ भ्रष्ट प्रमाण के छ भन लौ बाल्यौ त्यहीँ हौसियौ काँचो बुद्धि यही त हो र यसरी काँचै बनी रौसियौ कस्ताले कति के गरे निहु झिके के चालले मान्छु र ! यस्तो यो परिवेशमा अब बुढा जा जा भने जान्छु र !

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल

मेरो मेच सदैव हो स्थिर अतः हल्लिन केही गरे
हावाले जति वेग थप्दछ थपोस् उक्किन्न केही गरे
केका वर्ष गनेर गर्नु गणना भन्छौ बुढो, छक्क छु
मेरो यौवन भन्छ “होस् अनुभवी” झुक्किन्न केही गरे ॥

मेरै हो दल मूल भन्नु म हुँदा केका उठून् प्रश्न र !
टेवा वा बल भन्नु छन् मसँगका जत्था तथा मन्तर
बुझ्दै छन् यमराजले र त परै भाग्छन् म के मर्छु र !
ऐलेका नवपालुवासँग छ के नेतृत्व के छोड्नु र !

‘पुस्ता फेर्नु युवा’ भने र त यता दारी जुँगा खौरिएँ
कालो नै छ कपाल हेर रङ यो बोल्दा युवाझैँ गरेँ
लक्का यौवनका कला सब सिकेँ मस्केर बोल्दै छु म
भो ! नेतृत्व म छोड्न सक्तिन अझै गोटी नयाँ चाल्छु म ॥

पार्टीभित्र उठून् सुतून् रगडिऊन् आला र ठेट्नाहरू
मेरो मेच ढलोस् भनी झगडिऊन् तोडेर भेट्नाहरू
मेरो मेच बचेर पो दल बची बच्ला कला संस्कृति
बच्ला राष्ट्रियता र देश जसमा बाँच्नेछ मेरो मति ॥

भन्छौ भ्रष्ट प्रमाण के छ भन लौ बाल्यौ त्यहीँ हौसियौ
काँचो बुद्धि यही त हो र यसरी काँचै बनी रौसियौ
कस्ताले कति के गरे निहु झिके के चालले मान्छु र !
यस्तो यो परिवेशमा अब बुढा जा जा भने जान्छु र !

०००
बाङ्गा अक्षर समूहबाट सुटुक्क ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो

मिलेमतो

डा. खगेन्द्रप्रसाद दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x