साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिलेमतो

छ आज हो यसै गरी मिलेमतो भँडारमा बनेर फुट्छ खेल भो र अर्थ छैन सारमा सशक्त शक्ति देशको हराउँदै छ बाहिर बुझेर लेखनी अझै उचालियोस् उँभोतिर ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

विचार उम्रिने गरा सिँचाइ शून्यझैँ भयो
विचारका मुना सुकी त्यसै त्यसै पहेँलियो
विचारदेखि दूर छन् विचारका जराहरू
जताततै बरालिए विचारका सुराहरू ॥

रटी बिहानका कुरा रजाइँ गर्छ रातले
प्रभावले प्रताडना सह्यो सधैँ प्रभातले
छ छद्मभेष रातको हटाउँदै छ जुन्किरी
घुसी बिगार्छ मेघले दिवा प्रभा घरीघरी ॥

छ स्वार्थको मियो खडा मिलेमतो गराउने
सिँढी अकल्पनीयमा घरीघरी चढाउने
डकैतको बचाउमा डकैत साधुझैँ भयो
खराब नै फरार छन् र सन्त जेलमा गयो ॥

दिशा अनेक छन् यहाँ अनेकतर्फ फर्किने
नमिल्नु स्वार्थ हो सदा र झर्किने ततर्किने
गुदी मिले सबै दिशा फनक्क फिर्न सक्दछन्
प्रपञ्चपूर्ण बोलको खगोल भिर्न सक्दछन् ॥

छ आज हो यसै गरी मिलेमतो भँडारमा
बनेर फुट्छ खेल भो र अर्थ छैन सारमा
सशक्त शक्ति देशको हराउँदै छ बाहिर
बुझेर लेखनी अझै उचालियोस् उँभोतिर ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x