साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफडी ! काम गर्ने भइस् !

के गर्ने यस देशमा कति कान्छी एक पेट भर्न पाउँदैनन्, कति माहिली नाङ्गो तन ढाक्न पाउँदैननन्, त्यही देशमा मुखभरि पाउडर दल्ने जागरुक महिला छन्, सिनेमाका आदर्श बोक्ने अपटूडेट महिला छन् र होटलटोटल खप्पिस मिमहरू छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

पुङमाङ कवि : गफडी

जुन दिन गफडी यस धर्तीमा झर्‍यो र झर्नासाथ च्याँच्याँ गरेर रुन थाल्यो- विचरा रुन नै जान्यो वास ! किनभने उसले पायो मात्र रुने वातावरण, हाँस्न मोज गर्न त उसका जीवनमा कहिल्यै होइन। जे, रुने भनेर राँडेरुवाइ होइन अथवा पिन्चे पाराको रुवाइ होइन । ऊ कस्तो हो भन्नु होला भने भाग्गे जाग्ने हिसावमा उसको भाग्गे भन्ने नजागेपछि र भाग्गे जागेका अगाडि उसको खप्पर फुटेझैँ भएपछि उसले नरोए राति-राति मेची तरेर ब्ल्याक मनी कमाउन हिँडे भएन र ? कठै ! विचरा उसबाट नहुने यस्ता यस्ता तस्करी कर्म । ऊवाट टेलिफोन गराएर ‘हलो हजुर । यस्तो छ । यस्तो भयो !’ भन्ने हिम्मत त छैन भने ऊ हनुमानले तर्ने समुद्र जस्तो काम गर्न सक्छ र । केही गर्न नसक्नेको अवचेतन मनमा हीनताको भावना होला, त्यसैले त्यस्तो मान्छे रुन्छ होला । त्यसैले त गफडीले रुने कुरो पर्यो नि । गफडीले सायद यस्तै कारणले गर्दा कवि हुने मन गर्यो, उसको यस्तै भावनाले फुरेको एउटा पुडमाङ कविताको शीर्षकसहित प्रस्तुत छ-

मेरो साथीकी प्रेमिका

मेरो साथी छ कर्मचारी
बढो छ ऊ भाग्यमानी
दिनभर हाकिमकोमा उठबस गर्छ
जब घर आउँछ
प्रेमिका पाउँछ भाग्यमानी ।
झप्री केरा जस्ती छ राम्री सुन्दरी
हराउँछ प्रेमिकाको अनुपम सौन्दर्यभरि !
‘बटालियन’ को हवलदार ऊ
लेफ्टराइट घरआँगनभरि ।
भरखर-भरखर डोको जीवन छाडेकी
व्याग भिरेकी एक प्रकारकी
नवावतार स्विसकी
कुइरी होइन नयनी
महान् चोसो परायणी !
बेला-बेला गोडा पसारिनी
टाउकामा हात राखिनी ।
बेला-बेला गजगामिनी !
अपूर्व चमत्कारिणी !
सुहागिनी त्यसैले सिन्दूर
लाउने मानौँ हो इन्द्रेनी !
जुन जस्तो टीकाधारिणी
रक्त वस्त्रधारिणी
संस्कृतको सिलोक जस्ती
रसिली नभए पनि अङ्ग्रेजी टोन जस्ती
उमेर कोरी तिनेककी जस्ती
आँटले चै मानो सत्ताइस वर्षकी !
बोक्सीकी शत्रु-ब्युटी !
धामी झाँक्रीकी नयाँ अवतारिणी गजधुम्मे !
साक्षात् भवानी दुर्गा !
जय महाकाली !

लौ काम भेट्टाइस् ! गफडी अब गर्ने भइस् !

माथिको कविता उद्धृत गर्नुको अर्थ गफडीको कवितात्मक प्रवृत्ति दर्साउनु हो भने उसको मानसिक स्थिति दर्साउनु पनि हो । जे-जस्तो कविता भए पनि उसको कविता नविचारी उसका केही चिनारुहरूले भने, ‘लौ गफडी ! काम भेट्टाइस् । गरिखाने भइस् ।’ उनीहरूको भनाइमा अब गरिखानेवाला पो म भएँ । तर म यति छिटै झट्ट के गरिखान्थे र । कविता कच्नु, गफ गर्नु त मेरो जीवनको मुख्य कुरा पो भएको छ त । यति हुँदैमा कोही मैले गरिखाने कुरा भन्छ भने प्रजातन्त्र हो मैले सुन्नुपर्छ वास !

गरिखाने महानुभावहरू 

गरिखाने महानुभावहरूका कुरा गर्दा कोनि कसका अगाडि कोनि कसका जुग भनेझैँ हुन्छ । पुडमाङ कवि र पोचा गफ मास्टर गफाडीको तुलना गरिखाने नो बडासँग हुन सक्दैन, सुहाँउदैन । गरिखानेहरू अकाशबाट स्वाट्टै पैमा भाइरस र निर्दलीय भए पनि पैसा झार्छन् रे । भने कन्चन बहुदलीय भए पनि पैसै झार्छन् । है ! गफडी जान्दैन । भाग्गे फुटेको अभागी गफडीलाई यस जगत्मा त्यस्ता भाग्यवानसँग तुलना गर्न मिल्दैन । उही झिलिमिली स्वर्गमा पुग्दा गफडी नामक बन अकिञ्चन सुदामालाई कसैले हेर्‍यो भने बेग्लै कुरा हो, नत्र गफडीज्यूले गरिखानु र अकाशमा फल फल्नु एकै तर उदेकिलो हुन जानेछ- कुरो यतिविघ्न गहिरो खाले छ ।

पातमा पात ! बातमा बात !

‘घुम्दै-फिर्दै रुम्जैटार’ भन्थ्यो रे एउटा । पातमा पात हुँदा बातमा बात भाहनी कुरो आयो उही संसार-चक्र मूलरहस्य धनको नुन खान नपाउने देशमा कुन लाउने, ढाकर बोक्ने देशमा हेलिकोप्टर चढ्ने, अक्करमा हिँड्ने देशमा टोयटा कुदाहुने, खोसल्टे सुती खाएर फुर्ती हुने देशमा यदा-कदा अझ नामी-नामी टाउको बेरेको फेटे मगमग बासन आउने सिग्रेट खाने, पानी खान नपाउने देशमा ट्वाँट तन्काउने, भोटो र लङ्गौटी लाउन नपाउने देशमा सुटबुट धड्काउने । के गर्ने यस देशमा कति कान्छी एक पेट भर्न पाउँदैनन्, कति माहिली नाङ्गो तन ढाक्न पाउँदैननन्, त्यही देशमा मुखभरि पाउडर दल्ने जागरुक महिला छन्, सिनेमाका आदर्श बोक्ने अपटूडेट महिला छन् र होटलटोटल खप्पिस मिमहरू छन् । जिउ, यही वेदना छ गफडीलाई । गफडी यिनै नक्कली सुटबुट र लाली पाउडरदेखि त्रस्त छ । जय नेपाल है आजलाई । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३८, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x