साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहस्य खोइ बुझिस् !

यथार्थ तीतो हुन्छ, जे पनि भन्न सजिलो हुन्छ, तर गर्न साह्रै गाह्रो । यथार्थ नचिन्नु नै रहस्य हो, अज्ञान नै रहस्य हो । आदर्शको मुखुन्डो फाली यथार्थमा हिँडे नै ‘लाइन क्लियर’ हजुर ! हवस् त, आजका अज्ञानताका गफहरू यति नै ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन्। अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

संसार अति रहस्यमय छ

आज गफडी फेरि वेदान्ती भएको छ यस्तो किन हुन्छ ? यो बुझ्न गफडीको माटोमा मनोविज्ञानको टेबस्कोल लगाउनुपर्छ । गफडीले हिजो ‘नासो’ र ‘तलतल’ नामका दुइटा पुराना कथा पढ्दा उसका आँखाबाट आँसु आए । भरे पो उसले सम्मयो यहाँ यस्तै नक्कली आँसु आउँछन् । हृदय छैन भन् भने कथा पढ्दा आँसु आउँछ, छ भनूँ भने कति वास्तविक विनाश र विगारमा एक थोपा आँसु चुहुँदैन । यति भनेर पनि गफडी केमा पुगेको छ भने यो संसार बुझेर बुझिसकिँदैन, जानेर जानि सकिँदैन- रहस्यमय छ । कतिपटक पढेका उक्त कथा पहिले नै बुझेको र जानेको भए फेरि ती पढ्दा कुकुरको मुत झर्थे होलान् !

रहस्य नम्बर- एक

रहस्यका कुरा माथि भनिए । सधैँ रेडियो सुनिन्छ, अखबार पढिन्छ, यसो उसो गुनिन्छ । अहिलेको बजेट पनि पढियो, त्यसमा नेपालीले फेरि ऋण खाने भयो । हिजो पनि रेडियो करायो, विश्व बैंकले यति-उति रिन दिने भयो, तर गफडीलाई रिन रहस्य भएको छ । एक त नेपालले रिन किन पाउँछ ? पाएर के-के गर्छ ? हालसम्म कति रिन नेपालका टाउकामा छ ? र ऋणबाट नेपालले फिर्ता हुने के-के काम गर्‍यो ?

रहस्य नम्बर- दुई

शिक्षाक्षेत्रमा ठुलो विकास भयो भन्ने सुनिन्छ मात्र होइन, कतिपटक धेरैबाट भनिन्छ पनि । अब त शिक्षा भनेको साक्षर हुनु र डिग्री लिनु मात्र हो कि ? भन्ने भ्रम वा प्रश्नचिह्न भइसकेको छ । बग्रेल्ती छात्र बढे, पढ्ने स्कूलको कमी छ । पढेका छात्र ३० प्रतिशत पास हुँदैनन्, ७० प्रतिशतले के गर्ने ? कस्तो शिक्षा हो ? क्लर्की शिक्षाको विरोध गरिन्थ्यो- पढे लेखेकाको राजनीतिसम्ममा काम छैन । स्कूल- क्याम्पसमा शिक्षकको अभाव छँदैछ, कोठा छैनन् । पुस्तकालय मरु, खेलकुद एकप्रकार नास्ति-विचित्र ढङ्गमा शिक्षाको दौड छ र पनि शिक्षाक्षेत्रमा कुर्सी ओगट्नेहरू मख्ख छन् । उनको मख्ख नै रहस्यमय भएको छ ।

रहस्य नम्बर- तिन

उदार हौँ, सुधार गर्छौँ भन्ने राष्ट्रवादी बग्रेल्ती छन् । तिनका त्यागी जमात को ? उत्तर छैन । उनको जमातमा कट्टरपन्थी, भ्रष्ट र बेपारी प्रवृत्तिका किन थुप्रिए ? उत्तर छैन । उनका आँखाका अगाडि अनुदारको ताण्डवनृत्य चलिरहेछ, रकम दुरुपयोग भइरहेछ, भ्रष्टाचार चलिरहेछ । र पनि उनको ‘सुधार’ सुघारटाइ जीवित छ ! यस्तामा केही जीवित लेखक हुँ भन्ने दौडिरहेछन् । मै हुँ भन्ने भुइँफुट्टा राजनीतिक उफ्रिरहेछन् । जय होस् रहस्यमय संसारको !

रहस्य नम्बर- चार

आजको सन्सार परिवर्तनशील छ । आजको सन्सार विचित्र घुमाउरीमा घुमिरहेछ । आजको उग्र विषम-स्थितिका विषमतामा मान्छे विचित्र ढङ्गले जकडिएको छ । यस्तो अवसरमा ’केही गर्छु’ भन्ने उपर ’हिजो के थिइस् ?’ भनिन्छ भन्ने नै ’हिजो के थियो ?’ प्रश्नमय छ कुरा। हिजो को के थियो ? बितेका कुरा बिते, आज सब प्रस्ट हुनुपर्छ, परन्तु अर्काको दोष हेर्ने दोष मात्र हेर्छन्- यो पनि बडा रहस्यमय छ । गफडी भन्छ- हे हाडछालाले वनेका मनुष्यहो । मान्छेलाई मान्छे भएर हिँड्न देऊ, बाँच्न देऊ । यदि दिँदैनौ भने यहाँ साह्रै विथोलिन्छ, धेरै कुरा वाङ्गिन्छ, तर यो कुरा पनि रहस्यमय नै छ । बुझ्न बुझाउन गाहारो सारो छ ।

पातमा पात ! बातमा बात !

वास्तवमा मान्छे पनि रहस्यमय छ, अरु-अरु कुरा झैँ । ज्यादा प्रेम गरे मात्तिने, ज्यादा हेला गरे आत्तिने मान्छे हो भने अरु सोचौँ न । पातमा पात हुदाँ झैँ बातमा बात हुन्छन् र भन्दै छु यो संसार बुझ्न गाह्रो छ । अरु संसार बुझिएला, तर मूर्ख संसार बुझ्न त झन् गाह्रो हुन्छ । यहाँ बोक्रे आदर्शको पौल छ, त्यसैले नै होला- ‘नासो’ र ‘तलतल’ फेरि पढ्दा आँसु आए । यथार्थ तीतो हुन्छ, जे पनि भन्न सजिलो हुन्छ, तर गर्न साह्रै गाह्रो । यथार्थ नचिन्नु नै रहस्य हो, अज्ञान नै रहस्य हो । आदर्शको मुखुन्डो फाली यथार्थमा हिँडे नै ‘लाइन क्लियर’ हजुर ! हवस् त, आजका अज्ञानताका गफहरू यति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ४१, २०३६, साउन ३०
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x