साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकारको टन्टो

संघीय राज्य व्यवस्थाले पनि चित्त नबुझे जिल्लास्तरीय, त्यसले पनि नपुगे गाउँस्तरीय र अझ भएन भने पारिवारिक राज्य व्यवस्था गर्दिए तैँ चुप मैँ चुप । कि कसो ।

Nepal Telecom ad

अनिल कोइराला :

म चार कक्षामा अलिकतिले फेल नभएको वर्ष हाम्रो गाउँमा प्रमुख अतिथिज्यूको भेँडी जस्तै भयङ्कर कार्यक्रम भएको थियो । त्यसै कार्यक्रममा त हो नि । हामी गाउँलेले उहाँको मुखैवाट स्कुल, खानेपानी, मोटरवाटो विजुली-बत्ती र स्वास्थ्य चौकी पाएको । उक्त कार्यक्रमलाई सप्पैले आमसभा भनेको कुरो मेरो दिमागबाट पुछिएको छैन । कार्यक्रम गा.वि.स. भवनसँगैको आँपको वुटोमुनि भएको हुनाले आमसभा भनेको हो भनेर मैले साथीसँग बाजी समेत थापेको थिएँ । त्यसपछि थुप्रै वर्षसम्म त्यस्तो कार्यक्रम न त आँपको बुटोमुनि भयो न त बेलौतीको ठुटोमूनि भयो ।

चुनाव लगत्तै एकदिन अचानक नेपालका सडकहरू जस्तो कच्याककुचुक भएको अनुहार लिएर लुरुक्क पर्दै भौँतारिने मेरो साथी फुरुक्क पर्दै मसँग आएर भनेको थियो- “देखिन् त । आखिरमा संविधानसभाको चुनाव भयो कि भएन ?” जण्डिस फाल्न उत्तु चुसिरहेको म साथीको कुराले खुसी हुन पुगेको थिएँ । साँच्चै चुनाव त भयो । विश्वास लागे त के । दुई पाली चुनाव सरेर तेस्रो पालीमा अलिअलि मात्र झ्याली भएर सम्पन्न हुँदा पनि दाइको सालीले संविधानसभाको अर्थ नबुझेर मसँग गुनासो गर्न आउँदा दाइले गाली गर्नु पनि स्वाभाविकै हो । बुझ्नु पर्ने होइन त मोरीले । पाउडर दलेर गोरी मात्र हुन जानेको मोरी । साली मात्र कहाँ हो र… ! भोट खसाल्ने बेलासम्म आधा नेपालीले छर्लङ्ग हुनेगरी बुझेको भए त मरिजाऊँ ।

चुनाव त भयो, दुईवर्ष त्यत्तिकै पनि गयो तर अझैँ दुईचार वर्षसम्म संविधान बन्ला जस्तो त फिटिक्कै लाग्याछैन है मलाई । कुरा नमिलेपछि कसरी काम पूरा हुन्छ त ? सर्व लम्पट भएर आफ्नै रट लगाएपछि सब चद हुँदैन त । नेताका पेँटामा घाम नलागेसम्म आम जनताका लागि गणतन्त्र नाम मात्रको हुने कुरा पक्का छ । यहीँ ताल हो भने त सविधान तयार हुँदा मेरो जन्मँदै नजन्मेको छोरोले समेत एसएलसी दिन बेर लाग्दैन ।

मलाई त अर्को चिन्ता के पनि लाग्याथियो भने, कर्त सिट बढाएको बढायै गर्दा मैले समेत प्रतिनिधित्व गर्नुपर्ने अवस्था त आउँदैन ? त्यस्तो भयो भने म मोरो सोझो लठुवाले त्यत्रा ढँटुवाहरूको बीचमा गएर के लछारपाटो लगाउँदो हुँ । तर यहीँ कुरो पनि अर्को टुप्पोतिरबाट आँखा च्यातेर दृष्टिगोचर गर्ने हो भने समाधान पो निक्लँदोरहेछ गाँठे । चारसय, पाँचसय, छसय गर्दै साँढे दुई कोटी नै पुर्‍याइदिएको भए त कसैले हाम्रो प्रतिनिधित्व भएन भन्नै नपाउने । बस् समानुपातिकलाई ‘सम्पूर्णानुपातिक’ मनेर नाम फेर्दिएको भए भइहाल्ने । सम्पूर्ण जनतानै सहभागी हुने किसिमको क्या । त्यसपछि हेर्न हुन्थ्यो को नाथेले विरोध गर्दोरहेछ ।

त्यसपछि मन नमरिँदासम्म अन्तरिम संविधानलाई संशोधन गरेको गन्यै गर्न हुन्थ्यो । झिँगा, लामखुट्टे, भुसुनाहरूले समेत अधिकार मागे भने पनि झ्याप्पै संशोधन गर्दिन हुन्थ्यो । नियम कानुनको पालना गर्नु नपर्ने नियम बनाइदिएपछि जसले जे गर्न पनि पाउँथे । सम्पूर्ण मन्त्रीहरूले आ-आफ्नै भाषामा सपथ र आ-आफ्नै तालमा काम गरेर आ-आफ्नै थालमा थुक्न पाउँथे । जनतालाई फाइदा नभए के मतलब । जनताको काम गर्न जाने हो र । जे मनमा आयो त्यो गर्न पाउने काइदाको नियम बनाएर सबैलाई फाइदै फाइदा गराउन हुन्थ्यो । संघीय राज्य व्यवस्थाले पनि चित्त नबुझे जिल्लास्तरीय, त्यसले पनि नपुगे गाउँस्तरीय र अझ भएन भने पारिवारिक राज्य व्यवस्था गर्दिए तैँ चुप मैँ चुप । कि कसो । गणतन्त्रलाई पनि देशको विकास जस्तै वर्षको एक प्रतिशतका दरले वृद्धि गर्दै लगेर साँवावर्षीय योजनामा पारे भइहाल्थ्यो ।

यिनै विविध उपायहरू अपनाएर संविधानसभाको लफडावाट टाप कस्ने सुरसार गरेको भए ठीक हुन्थ्यो झैँ मान्न थाल्याछु मैले त । जनताको सविधान नबन्दासम्म राम्रै भयो भनेर ठ्याक्कै मुख फोर्न नसकिने अवस्थामा स्थायी बन्ध्याकरण गरेर ढुक्क भएझै ढुक्क हुने काम गरेको भए सबैलाई राम्रो हुन्थ्यो कि । सौताजस्ता दलहरूको घिनलाग्दो असमझदारी देख्दा त गल्ती गरिएछ कि मैँ लाग्छ बाई मलाई त ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
लुटको खेती

लुटको खेती

अनिल कोइराला
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x