साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्धवेला सुखको निसान

पाकेर झर्ने फलमा छ स्वाद। वृद्धाहरू हुन् घरका सुवास।। बुझ्ने कुरा हो भज वृद्धगान। होस् वृद्धवेला सुखको निसान।।

Nepal Telecom ad

जुनू घिमिरे :

बोकेर ऊर्जा मन शान्त पार्दै।
नौलो बिहानीसँग बात मार्दै।।
छोरा र छोरी घरमा जहान।
होस् वृद्धवेला सुखको निसान।।

पाएर माया ममता दिएर।
हाँसेर बाँचौँ मृदुता भएर।।
न्यानो र तातो जब पुग्छ खान ।
होस् वृद्धवेला सुखको निसान।।

आलस्यलाई उछिनेर जाऊँ।
लौरो समाई पनि हिँड्न पाऊँ।।
पीडाविनाको सुख शान्ति मान।
होस् वृद्धवेला सुखको निसान।।

कर्तव्य आफ्नोसँग साथ साथ।
हुन् वृद्धवृद्धा घरका प्रकाश ।
सत्मार्ग सोची जप राम राम।
होस् वृद्धवेला सुखको निसान।।

पाकेर झर्ने फलमा छ स्वाद।
वृद्धाहरू हुन् घरका सुवास।।
बुझ्ने कुरा हो भज वृद्धगान।
होस् वृद्धवेला सुखको निसान।।

००
दुवाकोट भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x