साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले बा चिनेँ

बा भनेको त डोजर रहेछन् जो भिरमा पनि बाटो खन्न तयार अरूकै लागि जोतिँदा जोतिँदै आफू बिग्रेको पत्तो नहुने । बा भनेको त घाम रहेछन् अरूका लागि उज्यालो हुँदाहुँदै आफू सल्किरहनु पर्ने ।

Nepal Telecom ad

जुनू घिमिरे :

टोपीबाट टुपी बाहिर ननिस्किएसम्म
बा शिरको टोपी फुकाल्नुहुन्नथ्यो
पसिनाले निथ्रुक्क भिजेको अनुहार
त्यही टोपीले पुछ्नु हुन्थ्यो
लाग्थ्यो बा आफ्नै पसिनाले टोपी धुनुहुन्छ
तर होइन रहेछ
बा पसिना जम्मा गरेर
हाम्रा कलमहरूमा मसी भर्नु हुँदोरहेछ
आखिर बा भनेकै
आफू भिजेर सन्तानलाई
ओभानो राख्ने रुमाल रहेछन् ।

आफ्नो कमिजमा लागेको दागले
बालाई केही फरक पर्दैन थियो
तर हाम्रा लुगामा दाग देखिएनन्
बाको स्टकोट च्यातिन्थ्यो
तर हाम्रा लुगा फाटेर लाजले
बाहिर चिहाउने दिन कहिले आएन
साँच्चै बा भनेको
आफू च्यातिएर सन्तान सिलाउने मेसिन रहेछन् ।

बा भनेको त डोजर रहेछन्
जो भिरमा पनि बाटो खन्न तयार
अरूकै लागि जोतिँदा जोतिँदै
आफू बिग्रेको पत्तो नहुने ।
बा भनेको त घाम रहेछन्
अरूका लागि उज्यालो हुँदाहुँदै
आफू सल्किरहनु पर्ने ।

साँच्चै बाले त्यो च्यातिएको स्टकोट
अझै फेर्न सकेका छैनन्
किनकि
बाको श्रम गर्ने उमेर सकियो
म आफैँ पनि बा भएँ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x