साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परमेश्वर हुन् बाबु र आमा

मनमा माया हरदिन राखे । उनले मेरो प्रिय पथ डाके ॥ नित्य पुकारूँ श्रमले नाम । परमेश्वर हुन् बाबु र आमा ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

घरका ईश्वर चिन्नुछ मैले ।
सौख्य सुबाटो खुल्छ क्रमैले ।।
पालनहारी गर्थे धामा।
परमेश्वर हुन् बाबु र आमा ।।०१।।

चञ्चलता सब दूर हटाऊँ।
उनका पदमा भक्ति चढाऊँ ।।
बाबु र आमा कृष्ण र श्यामा।
परमेश्वर हुन् बाबु र आमा ।।०२।।

उनले हेरे बाल्यावस्था ।
वचन नलाऊँ भालाजस्ता ।।
वृद्ध रमाऊन् छानूँ काम।
परमेश्वर हुन् बाबु र आमा ।। ०३।।

सत्य र साँचो बोल्ने गर्दा।
मनको ढोका खोल्ने गर्दा ।।
हाँस्ने गर्छन् वृद्ध थलामा ।
परमेश्वर हुन् बाबु र आमा ।।०४।।

सुखमय पार्दा मानव चोला ।
बग्छन् दिलमा हितका खोला ॥
छाओस् ध्वनि मृदु नित्य गलामा ।
परमेश्वर हुन् बाबु र आमा ।।०५।।

मनमा माया हरदिन राखे ।
उनले मेरो प्रिय पथ डाके ॥
नित्य पुकारूँ श्रमले नाम ।
परमेश्वर हुन् बाबु र आमा ।।०६।

०००
सुम्बेक, इलाम-२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x