साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

सन्ताप कष्ट नपरोस् कृत बिग्रिएर । हाँसो खुसी डुलिरहोस् नभ उक्लिएर ॥ पारूँ स्वयम् भुवन यो सुख दिव्य धाम । यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

जन्मेँ म हेर यिनले सुखसाथ राखे।
दुख्दा म हेर यिनले खुद देव भाके।।
संज्ञान कर्म म गरूँ हितका धरामा।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०१।‌।

लाग्नेछ पाप यिनको नगरे विचार ।
सेवा गरूँ सुख मिलोस् खुस होस् हियार।।
संसार छर्न म सकूँ कृतले सुनाम।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०२।।

उठ्‌दा म उन्नत बनी मनभित्र रम्छन् ।
लड्‌दा म दुख्छ अति नै तन अश्रु धुन्छन् ।।
हुन् ज्येष्ठ ईश्वर बुझे खुद पुण्य धाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०३।।

उल्लास जन्मन सकोस् मनले बिचारी।
खोजूँ सदैव हितको पथ दिव्य पारी ।।
यी विष्णुतुल्य सब हुन् भज रामराम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०४।।

सन्ताप कष्ट नपरोस् कृत बिग्रिएर ।
हाँसो खुसी डुलिरहोस् नभ उक्लिएर ॥
पारूँ स्वयम् भुवन यो सुख दिव्य धाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।०५।।

०००
सुम्बेक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x