फित्काैली डटकमसाहित्यकार हाेम सुवेदीकाे ‘मुलुकबाहिरबाट’ घुम्टी खोली
कवि डिल्लीराज नेपालको प्रमुख आतिथ्य, पुण्यप्रसाद खरेल, डा. पुण्यप्रसाद सिग्देल, विन्दुप्रसाद दाहाल, भुवन सुब्बा खरेल, डिल्लीराम घिमिरे, केशव आचार्यलगायतकाे समुपस्थिति रहेकाे थियाे ।

झापा । झापा जिल्ला साहित्य सिर्जनामा निकै अगाडि बढेको जिल्ला हो । जिल्लाभित्र थुप्रै साहित्यिक सं- संस्था र पुस्तकालयहरु रहेका छन्। यिनीहरुले बेलाबखत साहित्यिक कार्यक्रमहरुको आयोजना गर्ने, कृति विमोचन गर्ने, कृति समीक्षा र परिचर्चा कार्यक्रमहरु गर्दै आएको पाइन्छ।
गौरादह, दमक, विर्तामोड, धुलावारी, काकरभिट्टा, कनकाइ, भद्रपुर, चन्द्रगढी, केरखा, सुरुङ्गा, शिवसताक्षी, कचनकवल लगायतका स्थानमा यिनै संस्थाहरुको अगुवाईमा उपरोक्त कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्। झापाको सदरमुकाम भद्रपुरको भद्रपुर नगरपालिकाको वडा नं . १० को परिसरभित्र अवस्थित लेखनाथ पुस्तकालय चन्द्रगढी यस किसिमका साहित्यिक कार्यक्रमहरु गर्ने अग्रणी संस्थाको रुपमा परिचित छ। प्रत्येक महिनाको अन्तिम सुकवार गर्दै आएको ‘सुकवारेभेला’को नामबाट साहित्यिक गतिविधिहरु हुँदै आएका छन्।
यसै सन्दर्भमा २०८३/०३ /२६ गते भद्रपुर नगरपालिकाको वडा नं.१० को सभाहलमा कवि साहित्यकार एवम् सहप्राध्यापक होम सुवेदीकाे ‘मुलुकबाहिरबाट’ लघुकाव्यको घुम्टी खोली (विमोचन) गरिएको छ। कवि डिल्लीराज नेपालको प्रमुख आतिथ्य, पुण्यप्रसाद खरेल, डा. पुण्यप्रसाद सिग्देल, विन्दुप्रसाद दाहाल, भुवन सुब्बा खरेल, डिल्लीराम घिमिरे, केशव आचार्य, राजेन्द्रकुकार सङ्ग्रौला, लिलाप्रसाद अधिकारी र गंगाप्रसाद ओलीलाई मञ्चासिन गराइएको कार्यक्रममा प्रमुख अतिथि तथा मञ्चासिन आमन्त्रित व्यक्तित्वहरुबाट कृतिको घुम्टी खोली गरिएको थियो।
घुम्टी खोली गरिएको लघुकाव्यको समीक्षा विद्वान व्यक्तित्व भीम दाहालले गर्नु भएको थियो। घुम्टीखोली गरिएको लघुकाव्य मुलुकबाहिर कृतिभित्रबाट कार्यक्रममा सहभागी हुनुभएका कविहरुले दुईदुई अनुच्छेद कविता वाचन गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डिल्लीराज नेपाल, रुद्रगौरी श्री अम्बिका ओली स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, भानु साहित्य प्रतिष्ठमनका अध्यक्ष डिल्ली घिमिरे, प्रगिशील लेखक संघ,कोशी प्रदेश अध्यक्ष विन्दुप्रसाद दाहाल, प्रलेस जिल्ला अध्यक्ष लिलाप्रसाद अधिकारी,सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले कविता वाचन गर्नु भएकाे थियाे ।
त्यसैगरी, कवि केशव आचार्य, उर्जाशील साहित्य कला प्रतिष्ठानका अध्यक्ष डीपी शर्मा, विर्तामोड नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेल, भद्रपुर नगर कला साहित्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराई समेतले शुभकामना सहित कविता वाचन गर्नु भएको थियो।
कृतिकार होम सुवेदीले लेखकीय मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालयका सचिव हरिकिशाेर आचार्यले र सञ्चालन डाईनामिक ग्रुपकी अध्यक्ष खगिन्द्रा खुसीले गर्नु भएको थियो।
कार्यक्रमको अन्त्यका सभाका अध्यक्ष तथा पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो।
कविहरु जयप्रसाद आचार्य, दुर्गाप्रसाद सिग्देल, लता खरेल, गीता सुवेदी नेपाल,रश्मि असफल, निर्मला बास्तोला, खिलराज कोईराला, मीना अधिकारी, उषा गुरुङ, ज्ञानु बुढाथोकी, तिलक पाण्डे, हरिप्रसाद नेउपाने, गविन्द कोईराला, चापागाईँ, तारा विविध, लक्ष्मी पौडेल, खगेश्वर कोईराला, राजेन्द्र कश्यप अधिकारी, युवराज अधिकारी, पुरुषोत्तम अधिकारी, डिल्लीराम खतिवडा, कृष्णप्रसाद मिश्र, पण्डित रघुनाथ रिमाल, मुक्तिप्रसाद तिम्सिना, चित्रा पौडेल, महेन्द्र कोइराला, आरती पोखरेल, उमेसचन्द्र ओली, अनिरूद्र सिटौला, राजेन्द्र चापागाईँ, र जीवनप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
उपस्थित प्राय धेरै कविहरुले विमोचित कृतिभित्रबाट कविता वाचन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि र कार्यक्रम सञ्चालकलाई मायाको चिनो प्रदान गरिएको थियो।
०००
देवीचरण भण्डारीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































